दोहा : झापाली समाज कतारको ११ औं अधिबेशन सहित विविध साँस्कृतिक कार्यक्रमको लागी "झापाली समाज अन्तर्राष्ट्रियका अध्यक्ष" मुकुन्द ढुङ्गाना आज बुधबार दोहा आइपुगेका छ्न ।
अध्यक्ष ढुङ्गानालाई स्वागत गर्नको लागि दोहाको अन्तर्राष्ट्रिय विमान स्थलमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष महेन्द्र चौलागाईं,महासचिव नवीन पोख्रेल,समाज कतारका संरक्षक चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला, अध्यक्ष केशव कार्की लगायतका व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो ।
"सम्पुर्ण झापाली एक हौँ, देश निर्माणमा एक बनौँ" भन्ने मुल नारा सहित सन् २००४ मा स्थापना भएको समाजको "११ औं अधिबेशन सहित विविध" कार्यक्रम आगामी २१ फेबुअरी २०२५ मा वेलफेयर रेस्टुरेन्टको सभाहलमा हुन लागेको हो ।
कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था, बैचारिक संस्था, सामाजिक व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, व्यवसायीहरु लगायत मिडियाकर्मी, पत्रकार, कलाकारहरु सबैलाई पत्राचार गरिसकेको र कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका अध्यक्ष केसव कार्कीले बताए ।
बिहान ११ बजे देखि औपचारिक रुपमा सुचारु हुने कार्यक्रममा भब्य रुपले सम्पन्न गर्न कतारलाई कर्म थलो बनाई बस्नु हुने सम्पुर्ण झापाली तथा गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुमा समाजका कार्यवाहक महासचिव बिमल भारतीले उपस्थितीको लागी हार्दिक निमन्त्रणा गरिएको जनाएका छ्न
।