दोहा -व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रमको लागी योग, ध्यान र रेकीका प्रवर्तक तथा दार्शनिक गुरु डा. योगी विकासानन्द र माता कमलेश्वरी आनन्द, आज बिहिवार दिउँसो दोहा आइपुग्नु भएको छ ।
"आफ्नो लागि साधना, अरुको लागि सेवा" विकासनन्द फाउन्डेसन विश्व परिवार कतार र जीवनयोग प्रयोगशाला, दोहा कतार सङ्गको सहकार्यमा गर्न लागेको विशेष प्रशिक्षण कार्यक्रमको लागी उहाँहरु दोहा आउनु भएको हो
उहाँहरुलाई स्वागत गर्नको लागि कार्यक्रम संयोजक उर्मिला खत्री, जीवन बिज्ञान प्रशिक्षक एवम् कार्यक्रम ब्यबस्थापनका प्रमुख सल्लाहकार रामजी खत्री, जीवनयोग प्रयोगशालाका प्रमुख सल्लाहकार एवम् कार्यक्रम ब्यबस्थापनका सल्लाहकार बिमल सुवेदी, सल्लाहकार भानुभक्त दाहाल, सल्लाहकार श्रीकृष्ण भट्टराई, कार्यक्रम ब्यबस्थापन मुल आयोजक समिती सदस्य सुरेन्द्र चन्द, आर्थिक ब्यबस्थापन संयोजक जर्मन खत्री, फडिन्द्र सिटौला, सामाजिक अभियान्ता बिकाश भुजेल, शोभाराम ओली, अम्बिका पौडेल लगाएत मनोक्रान्तिका साधकहरुको दोहा अन्तर्राष्ट्रिय विमान स्थलमा उपस्थिति रहेको थियो ।
आगामी २१ फेब्रुअरी "भोलि" २०२५ शुक्रबार दोहामा रहेको प्लाजा इन होटलको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँहरु कतार आउनु भएको र कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ ।
यो कार्यक्रममा श्रमिकहरूले तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, शारीरिक स्वास्थ्य सुधार, मानसिक स्थिरता तथा आत्मशक्ति जागरणका विधिहरू सिक्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमले मानसिक तनाव कम गर्दै आत्मशक्ति अभिवृद्धि गर्नेछ। प्रवासी जीवनमा पारिवारिक दूरी, आर्थिक दबाब र कामको चापका कारण श्रमिकहरू मानसिक रूपमा अस्थिर बन्न सक्छन्।
विगत ४३ वर्षदेखि आत्मजागरण सम्बन्धी ज्ञान बाँड्दै आउनु भएको डा. योगीको मार्गदर्शनले हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले कार्यक्रम संयोजक उर्मिला खत्री (६६१४ ७१९४/५५११ ३०३७) र रामजी खत्री (७७७२ ३१४७/६६४४ ३१४७ लाई सम्पर्क गर्न सकिने छ । प्रशिक्षण कार्यक्रममा सम्पूर्ण दोहा बासी नेपालीहरुलाई सहभागी हुन आयोजक समितीले अनुरोध समेत गरेका छन् ।
बचत भएको रकम फाउन्डेसनले गर्ने समाजसेवाका कार्यहरूमा प्रयोग गरिने आयोजक समितिले जानकारी गराएको छ।