दोहा – कर्णाली प्रदेश समन्वय परिषद, कतारको छैटौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन हुने भएको छ ।
"समाजले आगामी २८ फेब्रुअरी २०२५ शुक्रबार विविध साँस्कृतिक कार्यक्रमको साथमा छैटौं वार्षिकोत्स,तेस्रो अधिवेशन सहित विविध कार्यक्रम गर्न लागेको हो ।
सनैयाको प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिषदका वरिष्ठ उपाध्यक्ष मोतीलाल बुढामगरले जानकारी गराए ।
कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित विभिन्न संघ संस्था, वैचारिक संस्था, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, मिडियाकर्मी, पत्रकार, कलाकारहरु लाई आग्रह गरिएको समाजका महासचिव सुरेश केसीले जानकारी गराए ।
करिब डेढ दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने गरि आयोजना हुन लागेको कार्यक्रममा कर्णालीको पहिचान झल्काउने (मयुर नाच ) विशेष आकर्षकको रुपमा रहने छ ।
“कर्णाली सभ्यता र भाषा हाम्रो पहिचान, कर्णाली संस्कृतिलाई विश्वव्यापी चिनाउने हाम्रो अभियान” भन्ने मुल नारा सहित कतारमा सन् २०१९ मा स्थापना भएको हो ।