दोहा : बिगत लामो समयदेखी दोहामा रहि निरन्तर, सामाजिक कार्यमा सकृय रहेका सामाजिक तथा कुशल राजनितिक व्याक्तित्व चानख पोख्रेल, दोहामा सम्मानित भएका छ्न ।
"मोरङ सुनसरि सेवा समाज कतारको २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा "पोख्रेल" लाई दोसल्ला सहित मायाँको चिनो प्रदान गरि सम्मान गरिएको हो ।
"२००१ मा स्थापित मोरङसुनसरी सेवा समाज कतारको संस्थापक महासचिव, संस्था स्थापना गर्दा देखि अहिले सम्म अहम् भूमिका प्रत्ति यस संस्थाले उच्च सम्मान गर्दै २५औं स्थापना दिवस को अबसरमा मायाको चिनो सहित सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल,सामाजिक व्यक्तित्व कमलमणि गुरागाइ,सागर नेपाल, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट,अध्यक्ष भिम बराइली,कोशी प्रदेशका सबै जिल्लाबाट आथित्यता सहित उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा पोख्रेलले जुन समय दोहामा दूतावास थिएन,त्यो बेला नेपाली मजदुरका हक,हित, अधिकारको निम्ति संस्था स्थापना गरिएको र आज सम्म पनि संस्थाले सक्रियताका साथ सामाजिक, आर्थिक कार्यहरु निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।
आफुलाई सम्मान गरिएकोमा "मोरङ सुनसरि सेवा समाज कतारको सम्पुर्ण टिमप्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, आफुले सक्दो, समयले साथ दिएसम्म संस्था,दोहाको नेपाली समाज प्रती सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए ।
