दोहा : आपसी सहयोग सद्भाव र एकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराको साथ सन् २०१८ मा स्थापित नवलपरासी सेवा समाज कतारले नेपालका विभिन्न क्षत्रमा गरि नेपाली रुपैया - १,२४,६४० आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ -
"आर्थिक रकम नेपालका खेलकुद क्षेत्र,सामाजिक कार्य,दुखमा परेकाहरु, बिरामीहरु देखि धार्मिक, सामाजिक क्षेत्र सहित बिगतमा पनि अस्पताल र बिद्यालयहरुमा अक्षय कोष स्थापना गरि सहयोगहरु गरिएको समाजका अध्यक्ष दुर्गा हमालले मुग्लानी खबरलाई बताउनु भयो ।
संस्थाद्वारा नेपालको नवलपरासी जिल्ला बर्दघाट नपा वडा नं. ४ स्थित शिवालय मन्दिरमा रामनवमीमा भएको स-संगीत रामायण ज्ञान महायज्ञ सम्पन्नार्थ मातातीर्थ औंशीको दिन संस्थापक अध्यक्ष सजन लौडारीको सुपुत्री कन्या कादम्बिनी लौडारीको हातबाट नेपाली रु. २६००० (अक्षरुपी छब्बीस हजार रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको हो । यसअवसरमा शिव मन्दिरद्वारा नवलपरासी सेवा समाज कतारलाई आजिवन सल्लाहकार प्रदान गरिएको छ ।
त्यसैगरी नवलपरासी सेवा समाज कतारका सदस्य स्वर्गीय सोम बहादुर केसीको असामयिक स्वर्गारोहण भएकोले निजको घरपरिवारलाई क्रियाखर्चको लागि संस्थाको सहकोषाध्यक्ष लोक प्रसाद न्यौपानेको हातबाट नेपाली रु. ३४४२० (अक्षरुपी चौतिस हजार चार सय बीस) सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नवलपरासीकै बेल बहादुर छन्त्याल मगरको छोरा कलेजोको क्यान्सरबाट ग्रसित आकाश छ्न्त्याल मगरको उपचारमा मद्दत गर्न रु. २५००० (अक्षरुपी पच्चीस हजार) आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी स्तन क्यान्सरबाट ग्रसित शान्ता मल्ल बहिनीको उपचारमा सघाउन नवलपरासी सेवा समाज कतारको तर्फबाट नेपाली रु. २४००० (अक्षरुपी चौबीस हजार) र दर्शन परिवार कतारको तर्फबाट नेपाली रु. १८८५० (अक्षरुपी अठार हजार आठ सय पचास) गरी कुल नेपाली रु. ४२८५० (अक्षरुपी बयालीस हजार आठ सय पचास) आर्थिक सहयोग गरिएको छ ।
जिल्लाकै ठूलो फुटबल खेल ९ औं सूर्य नगर गोल्डकप २०८१ आयोजना हुदा संस्थाद्वारा नेपाली रु. १५२२० (अक्षरुपी पन्ध्र हजार दुई सय बीस) आर्थिक सहयोग रकम गरिएको छ ।