दोहा : "मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउ,मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ कतार नेपाली एकता समाजले १३६ औं श्रमिक दिवस मनाएको छ ।
कतारको एक होटलको सभाहलमा मे १ गते "मजदुर दिवस" का दिनै कतारमा रहेका नेपाली श्रमिक तथा एकता समाजका आबद्ध विभिन्न पदाधिकारी हरुको उपस्थितिमा आन्तरिक रुपमा श्रमिक दिवस मनाएको हो ।
श्रमिक दिवस अर्थात मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।
समाजका अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षतामा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार खिम बुढा को प्रमुख आथित्यमा भएको कार्यक्रममा समाजमा आबद्द विभिन्न एरिया,इकाइ बिभागका अध्यक्ष प्रतिनिधि तथा नेपाली श्रमिक हरुको उपस्थिति रहेको थियो ।
समाजका महासचिव मीन राज पुनको संचालन तेज नारायण शर्मा को स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष कमल आचार्य, सचिब बलदेब राना, कोषाध्यक्ष लश्मण कोइराला, रक्त्तिम सास्कृतिक परिवारका अध्यक्ष बिमल भुशाल, महिला बिभाग संयोजक जानुका बस्नेत(खडका) बुद्धिजिबी बिभागका सदस्य बाबुराम पौडेल, युगदर्शन सापताहिक समपादक उद्धब मगर, दोहा एरिया समिती अध्यक्ष रण बहादुर नेपाली,वकरा एरिया समितिका सल्लाहाकार तेजबिर घर्ती मगर, लेबर सिटि एरिया समिती अध्यक्ष सन्तोष सुनार, ग्राण्डमल एरिया समिती अध्यक्ष रबिलाल सुनार लगायतले मन्तव्य राख्दै श्रमद्वारा संसार बदल्ने बिश्वभरका श्रमिकहरु प्रती हार्दिक नमन सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना हक हितको लागि बिश्वका मजदुरहरु एक हुन आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुढाले अमेरिकाको सिकागो सहरबाट सुरुभएको ८ घन्टा काम, ८ घन्टा आराम,८ घन्टा मनोरञ्जन लाई सबैले निरन्तरता दिनुपर्ने भन्दै सन् १८८६ मा मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गर्दा लाखौं मानिसले ज्यान गुमाएको बताए ।
आफ्ना हक अधिकारी पाउनको निम्ति बर्ग संघर्ष गर्न पछि पर्न नहुने,संसार भरका मजदुर एकजुट भएर लागेको खण्डमा श्रमिक हरुको जित हुने बताए । अन्तर्राष्ट्रिय एकता समाज लगाएत बिस्वभरी रहेका एकता समाजहरुले मजदुर दिवस मनाएका छ्न । आफ्नो हक हित र कतारको कानुन भित्र रहेर यो सङ्गठनमा आबद्ध भएर सबै श्रमिकहरुको हितमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष राम प्रसाद पराजुलीले आफ्नो सङ्गठनले प्रवासमा रहेका श्रमिक नेपालीहरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहेर काम गर्न पाँउदा खुशी व्यक्त गरे ।
कार्यक्रममा सस्थाको नाम सहितका डाइरी र टिसर्ट बितरण गरिएको थियो ।