दोहा : श्रमिकहरूको संगठन " नेपाल प्रवासी श्रमिक संघ (जिफन्ट सहयोग समुह ) कतारले,भब्यतरिकाले १३६ औं श्रमिक दिवस मनाएको छ ।
" बिश्वको श्रमिक एक हौं, सुनिश्चिचता भबिष्यको लागि मर्यादित काम,सुरक्षित कार्यस्थल र सामाजिक सुरक्षा सुदृढकरण" "भन्ने नाराका साथ सयौं नेपाली श्रमिक हरुको उपस्थितिमा १३६ औं मजदुर दिवस, भव्य तरिकाले सम्पन्न गरेको हो ।
श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।
जिफन्ट कतारका अध्यक्ष समुन्द्र खड्काको सभापतित्वमा,प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार प्रसार बिभाग प्रमुख चानख पोख्रेलको प्रमुख आथित्यमा गरिएको कार्यक्रममा,एनआरएनए कतार उपाध्यक्ष केशव कार्की, मञ्च मध्यपुर्व कमिटि सदस्य रेणु चम्लागाई कार्की, मञ्च कतारका अध्यक्ष चुडामणी कार्की,मञ्च एनआरएनए संयोजक केबि हमाल, प्रमुख सल्लहाकार शेषराज तिमिल्सिना,सामाजिक व्यक्तित्व सागर नेपाल,इन्डियन कमिटी बाट देवेन्द्र बायन्स लगायत थुप्रै सामाजिक, बैचारिक संघ संस्थाबाट उपस्थिति रहेको थियो ।
त्यसैगरि यहाँ स्थापित विशेष गरि श्रमिकका एजेन्डा भएका, श्रमिकका समसामयिक समस्याहरू उपर चासो राख्ने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिति विभिन्न वक्ताहरुले मन्तव्य राख्दै "श्रमद्वारा संसार बदल्ने बिश्वभरका श्रमिकहरु प्रती हार्दिक नमन सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना हक हितको लागि बिश्वका मजदुरहरु एक हुन आग्रह गरेका थिए
प्रमुख अतिथि पोख्रेलले जिफन्ट लाई कुनैपनि राजनिति पार्टीको आँखा बाट हेर्नू भन्दापनि यो सबै नेपाली श्रमिक हरुको साझा संस्था रहेको बताए । नेपाली श्रमिकहरुको मामिलामा एनआरएनए, लगायत अन्य संघ संस्थाहरु भन्दा धेरै अगाडि सर्दै नेपाली श्रमजिवि मजदुरको हक हितको निम्ति कार्यहरु गरिरहेको बताए ।
उन्ले बिस्वभरका ४५ भन्दा धेरै देशमा श्रमजिविहरुको सङ्गठन प्रवासी नेपाली मञ्च समेत रहेको हुँदा सदस्यता लिएर श्रमिक हरुको हक हितको लागि गोलबन्द हुन आग्रह गरे ।
कतारमा रहेका नेपाली श्रमिकहरु कहिँ कतै समस्यामा परेको जानकारी आए आफुलाइ खबर गर्न आग्रह गर्दै, आफ्नो क्षमताले भ्याएसम्म पोख्रेलले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
सल्लाहकार भिम तराजु मगरले जिफन्ट स्थापना गर्नुको उदेश्य र योजना बारेमा बताउदै आफ्नो संस्था सधैव श्रमिकको हितमा डटिरहने बताए । उपाध्यक्ष नवराज साहीले श्रमिकहरूको बारेमा बताए ।
समाजका उपाध्यक्ष उपाध्यक्ष गुमान सिह बिस्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा, कलाकार इस्वरि केसी भन्डारिको स्वागत नृत्य रहेको थियो ।
कार्यक्रममा नेपाल लोकदोहोरी प्रतिस्ठान कतार शाखाका कलाकार लगायत कतारमा रहेका अन्य कलाकार रेस्मी बिस्वकर्मा,अस्मिता सुनार लामीछाने लगायत देड दर्जन भन्दा बढी कलाकारले नेपाली, मैथिली सहितको भाषामा मीठो साङ्गितिक प्रस्तुति हरु पस्किए ।
संघ जिफन्टका अध्यक्ष तथा कार्यक्रमका सभापति समुन्द्र खड्काले उक्त कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधि र कार्यक्रम सफल बनाउनको निमित्त आ-आफ्नो ठाउँबाट सहयोग गर्ने पदाधिकारी र कार्यसमितिका सम्पुर्ण साथीहरूलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सहजिकरण महासचिव लोक थापाले गरेका थिए ।