दोहा : तमु (गुरुङ) समाज कतारको आयोजनामा “एघारौ अधिवेशन शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ ।
तमूको एकता, आजको आवश्यकता" "शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ, तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपालका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालको लागी अध्यक्षमा चन्द्र प्रसाद गुरुङ (दिनेश) सर्वसम्मत निर्वाचित भएका छ्न ।
त्यस्तै प्रथम उपाध्यक्षमा ओमराज गुरुङ, दित्तिय उपाध्यक्षमा ज्ञानु गुरुङ (डिजन) तृतीय उपाध्यक्षमा शिला गुरुङ, महासचिवमा धन गुरुङ सचिबमा दुर्गा गुरुङ, सुजन गुरुङ कोषाध्यक्षमा चन्द्र प्रकाश गुरुङ र सह- कोषाध्यक्षमा परमेश्वर गुरुङ रहेका छन् ।
कार्यसमितिका अन्य सदस्यहरुमा बल बहादुर गुरुङ, पुष्पा गुरुङ, सम्झना गुरुङ (सि), दिलिप गुरुङ, मुस्कान गुरुङ, सुजन गुरुङ रहेका छन । ।
समाजको संरक्षकत्वमा गठित बचत संयोजकमा प्रकाश गुरुङ, साँस्कृतिक संयोजकमा उदय गुरुङ खेलकुद अध्यक्षमा प्रेम गुरुङ, महिला संयोजकमा तिलमाया गुरुङ, पुर्वाञ्चल संयोजकमा श्री गुरुङ, पश्चिमाञ्चल संयोजकमा राजकुमार गुरुङ प्हे ता ल्हु ता संयोजकमा धिरज गुरुङ रहेका छन् ।
तमुहरुको संस्कार अनुसार बिधिगत रुपमा कार्यक्रमको समुद्धघाटन गर्दै ब्यानर अनावरण गर्दै कार्यक्रम अघि बढेको थियो ।
सभापति टौमाया गुरुङलाई (क्रमु) दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, रेशम गुरुङलाई फेटा र भाग्रा लगाई सम्मान गरिएको थियो ।
एनआरएनए एनसिसी कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थी, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष, राकेश श्रेष्ठलाई क्रमु) फेटा (क्रेगी) ले सम्मान गरिएको थियो ।
तमु साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकार रोजिना गुरुङ, तिलमाया गुरुङ, सोनी आले मगर, विशाल गुरुङ, प्रेम गुरुङ, मगंल गुरुङले स्वागत नृत्य पेश गरेका थिए ।
संघका दित्तिय उपाध्यक्ष ओमराज गुरुङले स्वागत मन्तव्य तथा, कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । अधिवेशनको अवसरमा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले तमु गुरुङ समाज कतारले कतारमा स्थापित विभिन्न संघ संस्थाहरु सगं हातेमालो गर्दै माईती चेलीको सम्बन्धलाई थप प्रगाढ समेत बनाउदै आएको उच्च प्रशंसा समेत प्रकट गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी रेशम गुरुङले आफ्नो मन्तव्य बोल्दै एघारौं अधिवेशनलाई सम्बोधन गर्न कतार सम्म आईपुग्न पाउँदा खुसी व्यक्त गर्दै नेपालका जातजाती, धर्म संस्कृति,भेष भुषा, रितिरिवाज, चालचलन लगायत, आदिवासी जनजातीहरुको र गुरुङ समुदायको आफ्नै, बिशेषताको बारेमा सम्बोधन गर्नु भएको थियो ।
अधिवेशनको खुल्ला शत्रको समापन गर्दै सभापति टौमाया गुरुङले आफ्नो कार्यकाल भब्यताका साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सम्पुर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्नु भयो ।
महासचिव ज्ञानु गुरुङ र दुर्गा गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रममा समाजको मातहतमा रहेका विभिन्न बिभागिय समितिका अध्यक्ष तथा संयोजकहरु, लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका संस्था प्रमुख सगैं कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।