दोहा : प्युठान सेवा समाजको एकता, मिलीजुली र सहकार्यको आवश्यकता" भन्ने मुल नाराका साथ सनः २००९ मा कतारमा स्थापना भएको समाजले १६ औं स्थापना दिवस मनाएको छ ।
"स्थापना काल देखी नै गृह जिल्ला प्युठान तथा कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु गर्दै आईरहेको समाजले
जिल्ला भित्रका “गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ गर्ने उद्धेश्यका साथ “१६औं स्थापना दिवस सहित बिविध साँस्कृतिक कार्यक्रम भब्यतरिकाले मनाएको हो ।
समाजका अध्यक्ष सिताराम सुनारको सभापतित्वमा, गैर आवासीय नेपाली संघ कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीको प्रमुख आथित्य रहेको कार्यक्रममा समाजका संस्थापक सदस्य तथा प्रमुख संरक्षक बलदेव राना,प्रमुख सल्लाहकार केशर बहादुर केसी, संरक्षक कमल आचार्य,बचत सहकारीका संयोजक चेतमान जैसी,लगायत बैचारिक,जिल्ला,प्रदेश सहित जिल्लाबासी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसर पारेर केक काटेर,ब्यानर अनावरण गर्दै दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्धघांटन गरिएको थियो ।
समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समुन्द्र खडकाले स्वागत मन्तव्य सहित प्युठान जिल्लाका विभिन्न धार्मिक,ऎतिहासिक पबित्र भुमी गौमुखी,स्वर्गद्धारी तथा जिल्ला भित्रका अन्य धार्मिक सहित पर्यटन स्थलको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थालाई विभिन्न तह तप्काबाट साथ सहयोग गर्नेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। केही मनकारी मनहरुले, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ को आर्थिक रकम सहित सहयोग गरेका थिए ।
कलाकार सकुर जम्सी, सुधा परियार,पुकार थापा, सल श्रेष्ठ, रेस्मी बिस्वकर्मा,शुमित्रा भट्टराई,सन्देश सोनी,सुरेश बिसी, अस्मिता लामीछाने सुनार,गुना मगर लगायत करिव दर्जन भन्दाबढी कलाकार हरुले साङ्गितिक प्रस्तुति पस्किएका थिए।
साहित्यकार गोमा पौडेलले साहित्य मार्फत प्युठानमा बारेमा व्याख्या गरेकी थिइन । केही कलाकाद्वारा डम्फु सेलोमा मीठो प्रस्तुति गरेका थिए
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पन्थीले कतारदेखी गृह जिल्ला प्युठान सम्म सामाजिक कार्यमा सक्रिय रहेको प्युठान सेवा समाज कतारले गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।

प्युठान जिल्ला आफैमा धार्मिक एवंम पर्यटकीय स्थल रहेको हुँदा जिल्लाको पर्यटन विकासमा आकर्षक रुपमा रहेको बताउदै जिल्ला बासी एकबद्दता हुँदै पर्यटनको निम्ति प्रचार प्रसारमा जुट्न आग्रह गरेका थिए ।
प्रमुख अतिथि पन्थीले पछिल्लो समय एनआरएन कतार प्रती उठेका प्रश्नको सटिक जबाफ दिदै सम्भवत जुलाईमा हुने अधिबेशनमा आफु अध्यक्षमा उम्मेद्बारी दिन सक्ने र अध्यक्ष हुँदै गर्दा आफुले गर्ने कार्ययोजनाको बारेमा बृस्तुत रुपमा जानकारी गराएका थिए ।
सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा,भिम बहादुर रसाइलीको कुसल संचालनमा, कार्यक्रमका सभापति सिताराम सुनारले मन्तव्य राख्दै विभिन्न समस्याको बावजुटपनि संस्था यहाँसम्म ल्याउन योगदान गर्ने र कार्यक्रम सफल पार्ने सम्पुर्ण स-धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

