दोहा, : स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना" कतारमा सामाजिक सेवाको भावनालाई शिरोधार्य गर्दै स्थापित स्याङ्जा सहयोग समाज कतारले आफ्नो २० औं वार्षिकोत्सव तथा २१ औं स्थापना दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लामा रहेका "अनाथ तथा असहाय बालबालिकाहरूको सहयोगार्थ"आयोजित कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूले आफ्ना प्रस्तुति मार्फत साङ्गितिक प्रस्तुति दिएका छ्न ।
नेपाल बाट निमन्त्रणामा गरिएका कलाकार बहुचर्चित लोकदोहोरी गायक तथा आकर्षक मोडेल पशुपति शर्माले आफ्नो सुमधुर आवाज र दमदार प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे ।
शर्माले आफ्ना हिट गीतका टुक्का गाउँदै स्टेज चढे । उनले आफ्नो चर्चित गीतहरू 'मलाई अमेरिका पनि यहीँ'बाट आफ्ना प्रस्तुति राख्न सुरु गरेर 'क्यार्न माया मारिच्चेउ', 'स्याङ्जा जाने बाटोमा तनहुँ', पञ्चेबाजा गीत 'डल्ली'लगायतका गीतहरू प्रस्तुत गरे । गायिका रेश्मी सेन्चुरी र पशुपति शर्माले 'आँधीखोले माया' प्रस्तुत गरे ।
त्यस्तै, नेपाली लोकदोहोरी गायनमा छुट्टै पहिचान बनाउन सफल गायिका शर्मिला गुरुङले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी माहोललाई थप संगीतमय बनाएकि थिइन । उनले राम्दी पुल तर्ने बित्तिकै भन्ने गीत गाउँदै आफ्ना प्रस्तुति राख्न सुरु गरिन् । 'रानीफूल बसायो', केही सालै जो गीतसहित उनले आफ्ना नयाँ पुराना गीतहरू गाइन् ।
यसका साथै, कलाकार रामचन्द्र ढकालले पनि आफ्नो प्रस्तुतिमार्फत कार्यक्रममा थप रौनकता थपे । ढकालले स्याङ्जाको बजारसहित आफ्ना नयाँ पुराना गीतहरू प्रस्तुत गर्दै भरपुर्णा मनोरञ्जन दिलाए ।
मौलिक पञ्चेबाजासँगै कार्यक्रमको औपचारिक रुपमा उद्घाटन दीप प्रज्वलन, केक काटेर गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवराम ढकालले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा जानकारी गराए । कलाकार सुधा परियारले स्वागत नृत्य प्रस्तुत गरिन् ।
कार्यक्रममा तमु संस्कृति अनुसार कतारमा रहेका तमुहरूको साझा संस्था तमु (गुरुङ) समाजले आयोजक संस्थालाई उपहार स्वरूप कोसेली प्रदान गर्दै कार्यक्रमका सभाध्यक्षलाई क्रेकीद्धारा सम्मान गरेका थिए ।
समाजका अध्यक्ष घनश्याम अर्यालको सभाध्यक्षता तथा कतारका सफल व्यवसायी तथा एनआरएनए आईसीसीका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मीले नेपालबाट चर्चित कलाकार निमन्त्रणा गरी नेपाली मौलिक भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरेको बताउँदै अनाथ बालबालिकाहरूका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजका महासचिव रोशन अर्यालले सहजीकरण गरेको कार्यक्रममा उपस्थिति सहित विभिन्न तह तप्काबाट साथ सहयोग गर्ने सम्पुर्णमा सभापति अर्यालले धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
नेपालबाट आमन्त्रित कलाकार, कार्यक्रमका प्रायोजक र प्रमुख अतिथिलाई समारोहमा सम्मान गरिएको थियो ।