दोहा : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा ३२ औ मदन -आश्रीत स्मृति दिवस दोहामा मनाइएको छ ।
२०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा मञ्च कतारले गत शनिवार ‘मदन–आश्रित स्मृति दिवस’ मनाएको हो ।
मञ्चका कार्यवाहक अध्यक्ष भीम तरामु मगरको अध्यक्षतामा अन्तर्राष्ट्रिय कमिटी उपसचिव चानक पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिको हो ।
अन्य उपस्थितिहरुमा अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एबम मध्यपुर्व इन्चार्ज कमलमणि गुरागाई,अन्तर्राष्ट्रिय कमिटी विभागिय सदस्यहरु,मध्यपुर्व कमिटी सदस्य, मञ्च कतार सङ्ग आवद्द राष्ट्रिय कमिटीका पदाधिकारी सदस्यहरु ,सल्लाहकार परिषद, लगायत विभिन्न तह तप्कामा आबद्ध व्यक्तित्वको उपस्थिति रहेको थियो।
मदन -आश्रीत प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गरिएको कार्यक्रममा वक्ताहरूले मदन भन्डारी तथा जीवराज आश्रीतको श्रद्धान्जली सभा आयोजना गरेकोमा मञ्चलाई धन्यवाद दिंदै अहिलेको परिप्रेक्ष्यमा नेता भन्डारी र आश्रीत पार्टीको मात्र नभइ सिंगो नेपाललाइ नै खाँचो रहेको कुरा व्यक्त गरे ।
साथै आजको समयमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद सबै नेपालीहरूले बुझ्नु पर्नेमा जोड दिए । उहाँहरूको घटनाको सत्यतथ्य कारण अझै पत्ता लगाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा सभालाइ विसर्जन गर्दै सभापति भीम तरामु मगरले उपस्थित सबैलाइ धन्यवाद व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव शेषराज तिमिल्सिना र स्वागत मन्तव्य उपाध्यक्ष टिका कार्कीले गरेका थिए ।