दोहा : याक्थुङ/लिम्बु जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ कतारले आफनो भाषा,धर्म,लिपि,संस्कार, संस्कृती तथा साहित्य र पहिचानहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले बृहत'यक्वा तङनाम ५०८५ ' (उभौली चाँड) भब्यताका साथ सम्पन्न गरेको छ ।
यो समय खेतीपाती गर्ने, बाली नाली लगाउन माटोमा पुर्ने भएको हुँदा किराले न खाउस,अन्न बाली सपृयोस भन्ने हेतुले कुललाई पुजा "प्राथना" गरि बृहत'यक्वा तङनाम ५०८५ ' (उभौली चाँड) भब्यताका साथ मनाइएको हो ।
शुक्रबार सनैयामा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा कतारमा रहेका याक्थुङ/लिम्बु तथा गैर याक्थुङ/लिम्बु दाजुभाई तथा दिदिबहिनीहरुको भब्य उपस्थितिमा विभिन्न साङ्गितिक प्रस्तुतिमा रमाइएको थियो I
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सागर तुम्बाहाङ्फे लिम्बुको सभापतित्वमा, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आथित्यमा रहेको कार्यक्रममा गैर आवासिय नेपाली संघ कतारका दृतिय उपाध्यक्ष केशव कार्की लगायत बैचारिक संस्थाका प्रतिनिधिहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, पत्रकार लगायतको आतिथ्यता रहेको थियो l
ब्यानर अनावरण,दिप प्रज्वलन गर्दै अगाडि बढेको कार्यक्रममा लिम्बू समुदाय अन्तगर्त रहेको बौद्धिक विधि पुर्वक पुजा -आजा गर्दै अगाडि बढेको थियो ।
कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बिबस मादेन लिम्बुले राखेका थिए । कलाकार द्वारा लिम्बू साँस्कृतिक कल्चरल गीतमा स्वागत नृत्य पस्किएका थिए ।
कार्यक्रमका सभापति, प्रमुख अतिथि र केही विशिष्ट अथितिलाइ किराती फेटा अर्पण गरि सम्मान गरिएको थियो ।
कार्यक्रमलाई भरपुर्ण मनोरञ्जन दिनको लागि सुधा परियार/पुकार थापा, सरु प्रजा, निकेश श्रेष्ठकबिता राई मादेन, राधा लिम्बु, उर्मिला लिम्बू, सरोज मुक्तान,सरिता मगर,शुशिला लिम्बू ,सरला तामाङ,शिभ लिम्बू ,एलिशा राई,गौतम समि लिम्बु,मनिस लिम्बू,अमृत तेम्बे लिम्बु,र कमेडी युगल प्रस्तुति - निकेश श्रेस्ट / सरु प्रजा लगायत कतारमा स्थापित दर्जन भन्दा बढी कलाकारहरु द्वारा पालाम, केलाङ, नृत्य सहित लिम्बू समुदायमा नाचिने सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुद्वारा किराँती संस्कार संस्कृती बचाउन याक्थुङ चुम्लुङ कतारले गरेका कार्यहरुको प्रशंसा गरे । विशेष गरेर नेपालको पुर्वी भेग तिर रहेका राई, लिम्बू, सुनुवारले मनाउने साकेला उभौलीले राट्रिय चाडका रुपमा मान्यता पाएसङ्ग अन्तर्राष्ट्रिय समुदाय सम्म पनि प्रचार - प्रसार भएको भन्दै कार्यक्रममा आफ्ना महत्त्वपूर्ण शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ अन्तर्गत पर्ने मातृ संस्थाहरुद्वारा एकमुष्ठ बिभिन्न खानपिन सहित कोसेली प्रदान गरेका थिए ।
नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि राकेश श्रेष्ठले याक्थुङ चुम्लुङ कतारले आफनो भाषा,धर्म,लिपि,संस्कार, संस्कृती तथा साहित्य र पहिचानहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले बृहत'यक्वा तङनाम ५०८५ ' (उभौली चाँड) कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद सहित प्रशंसा प्रकट गरे । श्रेष्ठले किराँती सस्कार सस्कृती बचाउन फुटेर भन्दापनि जुटेर अगाडि बढ्न आग्रह गरे
कार्यक्रमका सभापति सागर तुम्बाहाङ्फे लिम्बुले कार्यक्रममा उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै प्रवास कतार बाट भएपनि आफ्नो समुदायले भब्यताका साथ उभौली चाड मनाउन पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा उपस्थिति तथा विभिन्न तह तप्काबाट सफल तुल्याउन सहयोग गर्नेप्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण महासचिव बिरेन मादेन लिम्बु र कार्यक्रम संयोजक रबिन चेम्जोङ लिम्बु रहेका थिए ।
उभौली पर्व
उभौली पर्व लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, कान दुखाउने जस्ता भयावह रोगव्याधिबाट दुःख पाइने लिम्बू जातिमा विश्वास छ ।
यस पर्व नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत बिश्वका विभिन्न मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी मनाउदै आएका छन् ।

