दोहा : तन,मन बचन र कर्मले सेवागरौ,भन्ने नाराका साथ सन सन् २००३ मा कतारमा स्थापित जिल्ला संस्था गोरखा सेवा समाज कतारको तेह्रौं अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले बिकास श्रेष्ठको अध्यक्षतामा, वरिष्ठ उपाध्यक्ष अर्जुन संग्रौला, उपाध्यक्ष द्वय राजेन्द्र पराजुली, रामचन्द्र गिरि,महासचिव रुद्र बहादुर भट्ट,सचिव द्वय पवन गुरुङ, पुर्ण बहादुर गुरुङ, काेषाध्यक्ष अशोक श्रेष्ठ र सह काेषाध्यक्ष दिनेश थापा रहेका छ्न ।
त्यसैगरि नगरपालिका तथा गाउँपालिका संयोजकहरुमा पालुङटार न.पा. : नन्दलाल श्रेष्ठ,सिरानचोक गा.पा. : सुर्य बहादुर गुरुङ,अजिरकोट गा.पा. : राजु गुरुङ,शहिदलखन गा.पा. : दिपक बि.क,सिरानचोक गा.पा. : सुर्य बहादुर गुरुङ,अजिरकोट गा.पा. : राजु गुरुङ,आरुघाट गा.पा. : रश्मि गुरुङ, रहेका छन ।
कार्यसमितिको केन्द्रिय सदस्यहरुमा दुर्गा भुजेल,मालती गुरुङ,मदन बखाती र प्रदिप मल्ल ठकुरी सहितको टिम बनेको हो ।
संस्थाका अध्यक्ष ओम गुरुङको सभापतित्वमा, ग्लोवल गोरखा समाजका उपाध्यक्ष, गोरखा सेवा समाज कतारका प्रमुख संरक्षक श्रीकृष्ण भट्टराईको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका संरक्षक सदस्य राकेश श्रेष्ठ,बुधवल गुरुङ,एनआरएनए एनसिसि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत दोहामा स्थापित बैचारिक संस्थाका प्रतिनिधिहरु, जिल्ला, प्रदेश, पत्रकार लगायतको आतिथ्यता सहित जिल्लाबाट वैदेशिक रोजगार तथा व्यवसायको सिलसिलामा कतारमा रहेका गोरखालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर अनावरण,दिप प्रज्वलन सहित देश निर्माणको लागि वलिदान दिनु हुने विर शहिदहरुको सम्झना सहित रोजगारीको सिलसिलामा कतारमा दिवगंत हुनुभएका हरुको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधाराण गरिएको कार्यक्रममा.स्वागत मन्तब्य तथा कार्यक्रम बारेमा विकास श्रेष्ठले राखेका थिए ।
त्यसैगरि नेवाःपुच कतारका कलाकाहरु विकाश नानिचा, सपना महर्जन द्वारा स्वागत नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले तत्कालिन अवस्थामा संस्था सञ्चालनमा सञ्चार र यातायातको अहिलेको अवस्था जस्तो नभएको बताउदै त्यो अवस्थामा पनि संस्थालाई आफूले सन २००६ देखि गोरखा सेवा समाज कतारको तेस्रो पटक सम्म नेतृत्व लिएको बताउदै आफ्नो कार्यकालमा जिल्लाको अस्पतालमा एउटा इसिजी मेसिन र चारवटा स्ट्रेचर बेड र विद्यालय भवन निर्माणमा सहयोग गरिएको र प्रबासमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु पर्छ भन्ने सोंचाइले मनकामना कला केन्द्र भनेर एक संगितालयको सञ्चालन ल्याएको बताउदै दोहामा रहेका अहिलेका जतिपनि नेपाली कलाकारहरु छन् यो तिनीहरु मध्य मनकामना कला केन्द्रबाट जन्मिएको कलाकारको प्रस्तुतिहरु हेर्न पाँउदा मनमा अत्यन्तै खुशी लाग्ने बताए ।
यसैगरि संस्थाका संरक्षक बुधबल गुरुङले आफू संस्था स्थापना गर्दा सन : २००३ देखि बर्तमान अबस्थामा सम्म योगदान दिएको दिएको बताए । संस्थाले गरेका राम्रा कामहरुको प्रंशसा गर्दै जिल्लाको अनाथ, असाहय र जेहन्दार बाललालिका र वृद्धबृद्धाहरुको शिक्षा, स्वास्थ्य र जिल्लाको जिर्णोदार अबस्थामा रहेको भौतिक संरचनाहरुमा सहयोग पुर्याउने उद्देश्यले खोलिएको २५ लाख अक्षयकोषको व्याजबाट जिल्लामा सहयोग गर्दै आएको समेत जानकारी गराए ।
संरक्षक राकेश श्रेष्ठले हामी जो जहाँ जुनसुकै तहमा भएता पनि गोर्खाली नै हौ तसर्थ संस्थालाई माँया गरेर संस्थामा आबद्ध हुनको निम्ति नयाँ सदस्यहरुलाई आव्हान गर्दै , आफूले जनजाति महासंघ कतारको नेतृत्व सम्म पुग्नको निम्ति पनि कहि न कतै आफ्नो जिल्ला संस्थाको ठुलो भुमिका रहेको बताउदै, साथ सहयोग समन्वय गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरे ।
संस्थालाई विशेष गरी यहाँ सम्म ल्याउनका अतुलनीय योगदान गर्ने तथा कतारमा रहेका विभिन्न संघ संस्थामा नेतृत्व लिने प्रमुख अतिथि सहित संरक्षक द्वयलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो ।
एनआरएनए एनसिसि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हामी नेपाली समुदाय होस् वा अन्य कुनै समुदाय किन नहोस् यहाँको सुरक्षा निकायले अत्यन्तै नजिकबाट नियालेर हेरि रहेको हुँदा हामीले जुनसुकै गतिविधि गर्दा पनि त्यो देशको कानुनको पालना गर्नु पर्ने बताँउदै सचेत रहन अग्रह गरे । यसैक्रममा आजत भिसाको नाममा कोठा भित्रबाट गरिने कुनैपनि व्यापर व्यसाय किन नहोस् यहाँको सरकारको अनुमति बिना गरिएको छन् भने त्यो काम गैरकानुनी रहेको बताउदै प्रक्रियागत तरिकाले गर्न सुझाव दिए ।
कार्यक्रमक सभाध्यक्ष गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको निम्ति आफ्नो टिम भित्र रहेको सबै संरक्षक समिति, सल्लाहकार समिती र कार्यसमिती भन्दा बाहिर रहेर पनि सहयोग गर्नु हुने सबै गोर्खाली दाजुभाइ अनि दिदिबहिनीहरु धन्यवाद दिदै गोरखा सेवा समाज कतारलाई बिभिन्न क्षेत्रबाट साथ सहयोग गर्नु हुने बिभिन्न संघ संस्थाहरु र व्यक्तित्वहरुलाई पनि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण भने संस्थाकै महासचिव अर्जुन संग्रौलाले गरेका थिए ।

