दोहा - गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन् : २००३ मा कतारमा स्थापना भएको, जिल्ला संस्था गुल्मी सेवा समाज कतारको १०औं साधारणसभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
शुकवार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व र लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न गरिएको हो ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, सामाजिक व्यक्तित्व सागर नेपाल, लगायत लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार सहित बिशेष व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अधिबेशनबाट मित्र बि.एसको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा सुरज चन्द बोहोरा, प्रथम उपाध्यक्षमा देव लम्साल, उपाध्यक्षमा दर्शन सुनार, सचिवमा कुमार राहादी मगर, सह-सचिवमा रमेश पछाई कोषाध्यक्षमा कमल खत्री, महिला संयोजकमा कल्पना घर्ती रहेका छ्न ।
त्यस्तै सदस्यहरुमा क्रमशः गोपाल पछाई (गोपी), ज्ञान बहादुर शाही, भिम बहादुर पान्डे,दिपक घिमिरे, सुरेश परियार, मान बहादुर कार्की, शम्शेर सुनार, गिरी प्रसाद दर्लामी र महिला सदस्यमा दुर्गा माझी सर्वसम्मत निर्वाचित भएका हुन ।
नव निर्वाचित कार्यसमितीलाई निर्वाचन समितिका संयोजक बुद्ध पान्डेयले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा केही महिना अघि मात्रै कतारमै सडक दुर्घटनामा परि ज्यान गुमाएका समाजका वरिष्ठ सल्लाहकार झबिन्द्र आचार्यको सम्झना र सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष मित्र बि.एसले स्वागत मन्तव्य राखेका थिए भने सचिव दर्शन सुनारले कार्यकाल भरिको समाजको कार्यप्रगती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै एनसीसी कतारका अध्यक्ष भट्टले कतारको कानुनले बर्चित गरेको कयौं गतिविधिहरु पनि नेपाली समाजबाट हुने गरेको बताउदै अब त्यस्तो किसिमको गतिविधि नगर्न आग्रह गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले गुल्मी सेवा समाजले स्थापना कालदेखि नै गर्दै आएको सामाजिक कार्यहरुको स्मरण गर्दै नयाँ बन्ने कार्यसमितिले पनि त्यो कार्यलाई निरन्तरता दिदै जानेमा आफु विस्वस्थ भएको बताए ।
सिंहले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले प्रदेश अन्तर्गतका जिल्लाहरु सङ्ग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा यो कार्यलाई अझै मजबुत बनाउदै जाने प्रतिबद्धता व्यक्त गरेका छन ।
सभापति अर्यालले आफ्नो कार्यकाल भरी भएका विभिन्न कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पुर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
कार्यक्रमको सहजीकरण समाजका सचिब दर्शन सुनारले गरेका थिए ।