दोहा : गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।
गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको सारथी गुल्मी सेवा समाज कतार र आर्थिक रकम सहयोग गर्नुहुने गुल्मी सेवा समाज कतारका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक आभार प्रकट गरे ।
पीडित कमला परियारलाई शिघ्र स्वास्थ लाभको कामना गर्दै समाजका अध्यक्ष मित्र बि एसले आफुले भर्खरै समाजको नेतृत्व सम्हालेको र समाजको पहिलो बैठकमै जिल्लाबाट आएको अपिललाई प्राथमिकतामा राखेर थप उपचारका लागी आर्थिक रकम सहयोग गरेको जानकारी दिए । साथै बि एसलेगृह जिल्ला गुल्मीमा भई परि आउने समस्या तथा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरुका दुखमा समाजले सक्दो सहयोग गर्ने समेत बताए।
पीडितका श्रीमान ईश्वरी अर्यालले लामो समयदेखी आफ्नो श्रीमती बिरामी परेको र उपचारमा थुप्रै रकम खर्च भईसकेको लाखौं ऋणमा आफू डुबेको र घरको आर्थिक अवस्था समेत कमजोर बन्दै गएपछि आफू रोजगारीको शिलशिलामा भर्खरै कतार आईपुगेको बताए ।
अर्यालले भने मेरो घरमा सानो दुईवटा छोरा छन । म साहुको ऋण तिर्न र श्रीमतीको उपचार खर्च जुटाउन कतारमा आएको हु । बिरामी श्रीमती भरतपुर चितवन क्यान्सर हस्पिटलमा रोग संग लडिरहेकी छिन । उनी भावुक समेत बने । अर्यालले कतारमा स्थापित बिभिन्न संघ संस्था कतारमा रहेका सहयोगी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल गर्दै आफ्नो श्रीमती बचाईदिन अनुरोध समेत गरेका छन ।
पीडितलाई सहयोग गर्न चाहनेले बिरामीकोसाईन रेशुङ्गा बिकाश बैक ( बुटवल ब्रान्च)खाता :नं.००१००७००४०४०२६०००००१मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी कमला परियारलाई९७७-९८६७५६०११९ मा सम्पर्क गर्न सकिनेछ पीडितका घरमा दुई छोरा छन । बिरामीका श्रीमान हाल कतारमा अल कायद ईन्टरनेशनल टेन्ट्स कम्पनीमा कार्यरत छ्न । ईश्वरी अर्यालको सम्पर्क नम्बर ९७४-७०८४४२८९ रहेको छ ।