दोहा : नेपाली राज दुतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदी( कृसु क्षेत्री) लाई कोशी प्रदेश समन्वय परिषद कतार र आबद्ध जिल्ला संस्थाले सम्मान सहित बिदाइ कार्यक्रम सम्पन्न गरेका छ्न ।
गत १० फेब्रुअरी २०२३ का दिन पररास्ट्र सेवा अन्तर्गत प्रथम सचिवको रुपमा जिमेवारी लिएर कार्यभार समाल्दै आएका क्षेत्रीलाई,दोहामा रहि उत्कृष्ट कार्यसम्पादन गरि, नेपाल फिर्ती हुन लागेका कारण सम्मान सहित बिदाइ कार्यक्रम गरिएको हो ।
सम्मान ग्रहण गर्दै सचिव सुवेदीले ,करिव साढे दुई वर्ष लामो कतारको बसाइँको क्रममा विभिन्न संघसंस्थामा हातेमालो गर्दै अगाडि बढेको र , कतारमा रहेका नेपाली श्रमजिवि मजदुर हरुको हक हित र उन्नति सहित प्रगतिको निम्ति सक्दो सहयोग गरेको बताए ।
सचिव सुवेदीले नेपाली समाजको तत्कालीन अवस्था लगायत अन्य धेरै कुराहरूमा आफ्ना अनुभव बताए ।
कोशी प्रदेश समन्वय परिषद कतारका का. वा अध्यक्ष रुद्र प्रसाद आचार्य को सभापतित्वमा विशेष सल्लाहकार तेज कटुवाल , सल्लाहकार केशव कार्की लगायत कोशी प्रदेश अंतरगत जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनीधि हरुको उल्लेख्यनिय उपस्थिति रहेको थियो ।
नेपाली दूतावास कतारको सभाहलमा गरिएको बिदाई तथा सम्मान कार्यक्रमको सहजीकरण महासचिव पदम प्र. सिम्खडाले गरेका थिए ।
आयोजक जिल्ला संस्थाहरु खोटाङ सेवा समाज कतार, ओखलढुंगा सेवा समाजकतार,उदयपुर सेवा समाज कतार,मोरङ सुनसरी सेवा समाज कतार,झापालि सेवा समाज कतार, संखुवासभा समाज कतार,धनकुटा सेवा समाज कतार,तेह्रथुम सेवा समाज कतार र भोजपुर सेवा समाज कतार रहेका छ्न ।