दोहा : बाँके सेवा समाज कतारको आयोजनामा नवौं बार्षिक उत्सव तथा अभिमुखीकरण कार्यक्रम आउँदो शुक्रबार "भोली " हुने भएको छ ।
बाँके बासीको पहिचान,समुन्नत समाजको निर्माण भन्ने मूल नारा लिएर सन : २०१६ मा स्थापना भएको समाजले सनैयामा अवस्थीत रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा बृहत "नवौं बार्षिक उत्सव तथा अभिमुखीकरण"कार्यक्रम गर्न लागेको समाजका महासचिव गुमान सिह खत्रीले जानकारी गराए ।
बाके जिल्लाबाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित संस्थाले स्थापना काल देखिनै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ ।
संस्थाले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग सहित कतारमा "बृहत रक्तदान " जस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
बाके जिल्लाबाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरु कार्यक्रममा उपस्थित जनाएर सफल पार्न आग्रह गर्दै संस्थामा आवद्ध हुनका सम्पूर्णमा अपिल गरिएको समाजका अध्यक्ष गोविन्द जङ्ग शाहले जानकारी गराए ।
कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत जिल्ला संस्थाहरु, सामाजसेबी बौद्धिक व्यक्तित्व, पत्रकार ,कलाकार साहित्यकारमा,पत्रचार गरिएको जानकारी गराउदै समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्य सभ्य रुपमा सफल पारिदिनु हुन आयोजक संस्थाले आव्हान गरेका छ ।