तिल विक्रम थेवे-दोहा कतार
२५ जुलाई २०२५–“संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान”–भन्ने मूल नारा बोकेको संखुवासभा समाज कतारको चौथो साधारणसभा (अधिवेशन) शुक्रबारका दिन संस्थाका अध्यक्ष श्री राजेन्द्र खनालको अध्यक्षतामा दोहा कतारको सनैया स्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न भयो ।
संखुवासभा समाज कतारको चौथो साधारणसभा (अधिवेशन) ले २०२५–२०२७ कार्यकालका लागी अध्यक्ष बिरेन मादेन लिम्बुको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन गरयो ।
कार्यसमितिमा अध्यक्ष–विरेन मादेन लिम्बु, बरिष्ठ उपाध्यक्ष–पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्ष–भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्ष–मान बहादुर तामाङ, महासचिव–शिव कुमार खत्री, उपमहासचिव–सञ्जय केसी, सचिव–उमेश सुबेदी, सचिव–बिक्रम निरौला, कोषाध्यक्ष–प्रकाश लिम्बु, सह कोषाध्यक्ष–खड्ग बस्नेत, साहित्य संयोजक–राज कुमार सुवेदी, महिला संयोजक–कृष्णा राई निर्वाचित भए
यसैगरी दिपेन्द्र कार्की, डम्बर अधिकारी, सन्जिव तामाङ, टेक बहादुर कटुवाल, सन्जिव कुमार श्रेष्ठ, बिमला न्यौपाने, मिन कुमार कार्की, जिबन मते, गोबिन्द मते, बिद्या न्यौपाने, कबिता राई मादेन, पवन लिम्बु, भिम बहादुर श्रेष्ठ, पर्शुराम सुवेदी र सन्तोष निरौला कार्यसमिति सदस्यमा निर्वाचित भए ।
संस्थाको चौथो साधारणसभाको (अधिवेशन) प्रमुख अतिथि कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरे रहेका थिए । संस्थाका प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले स्वागत मन्तव्य राख्दै प्रवासमा रहँदा पनि संखुवासभा जिल्लालाई कतारमा सबैको माझमा चिनाउन पाएको र सामाजिक एकतालाई अझ बलियो बनाउँदै संखुवासभा समाज कतार निरन्तर अगाडी बढीरहेको बताए ।
महासचिव पदम प्रसाद सिम्खडाले संचालन गरेको अधिवेशनको उदघाटन कार्यक्रममा संखुवासभा समाज कतारका संरक्षक लालीगुराँस रेष्टुरेन्टका संचालक पर्शुराम दाहाल, संरक्षक तेज मोक्तान तामाङ, संस्थापक सल्लाहकार चुडामणि कार्की, सल्लाहकार पुनम दाहाल, सल्लाहकार शंकर मान राई, मानार्थ सदस्य सागर नेपाल, समाजसेवी तेज कटुवाल, समाजसेवी केशव कार्की, समाजसेवी रुद्र शर्मा आचार्य लगायत दुई दर्जन बढी समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो भने ताप्लेजुङ पाथिभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार, ईलाम सेवा समाज कतार, झापाली समाज कतार, मोरङ–सुनसरी सेवा समाज कतार, धनकुटा सेवा समाज कतार, तेह्रथुम सेवा समाज कतार, भोजपुर सेवा समाज कतार, उदयपुर सेवा समाज कतार, खोटाङ सेवा समाज कतार, दलित एकता संजाल कतार लगायत विभिन्न जिल्ला संस्थाहरु, जातिय संस्थाहरु, जनजाति महासंघका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, कवि, साहित्यकार, कलाकार, सर्जक एवं सक्रिय संखुवासभाली तथा गैर संखुवासभाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
संस्थाका महासचिव पदम सिम्खडाले प्रस्तुत गरेको संस्थाको कार्य प्रतिवेदन र शिव खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संखुवासभा जिल्लाको प्रसिद्ध मारुनी नृत्यमा साँस्कृतिक संयोजक खड्ग बस्नेतको साथमा सृजना खनाल र ललिता बिकको स्वागत नृत्य र कार्यक्रमको वीचमा प्रस्तुत गरिएको संस्थाको पञ्चेबाजाको सांगितिक धुनले कार्यक्रमको रौनकका बढेको थियो ।
कार्यक्रममा उपस्थित संस्थाका संरक्षक सल्लाहकार, अतिथी हरुले अधिवेशनको शुभकामना दिदै नयाँ कार्यसमितिको सफल कार्यकालको सफलताको कामना व्यक्त गरे ।
हाल पोर्चुगलमा कार्यरत रहेका संस्थाका संस्थापक अध्यक्ष लोक बहादुर राईले अधिवेशनको सफलताको कामना व्यक्त गर्दै नया कार्यसमितिलाई शुभकामना सन्देश पठाएका थिए ।
।
सोही अवसरमा संस्थाका संस्थाका संरक्षक हरु, सल्लाहकारहरू, निवर्तमान कार्यसमिति, आजिवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकार र कलाकारहरुलाई मायाको चिनो, सम्मान पत्र, प्रशंसा पत्र प्रदान गरिएको थियो ।