दोहा : कास्की आदर्श समाज कतारले आफ्नो २३औँ स्थापना दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
२५जुलाई २०२५ का दिनमा दोहाको मुन्ताजा पार्क स्थित रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सँस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभपतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल बिश्वकर्मा (अजय) को प्रमुख आतिथ्यामा २३औँ स्थापना दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो
कार्यक्रममा सँस्थाका संरक्षक संयोजक, संरक्षकहरु ,सल्लाहकार प्रमुख सल्लाहकारहरु ,गण्डकी प्रदेश भित्रका जिल्ला सँस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु शाखा सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु , समाजका आजिवन/ साधरण तथा मानार्थ सदस्यहरु , त्यसै गरि कस्केलि तथा गैर कस्केली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितमा आफ्नो २३औं स्थापना दिवसको अवसरमा केक काटी एक आपसमा शुभकामना आदान प्रदान गरि गरिएको थियो ।
सन २६ जुलाई २००२ मा कतारमा स्थापना भएको पुरानो जिल्ला सस्था मध्यको एक सामाजिक सस्था हो यो संस्थाले कतारमा मात्र नभएर नेपालमा आफ्नो गृह जिल्लामा थुप्रै सामाजिक तथा मानवीय कार्यहरु गर्दै आएको छ !
सचीव केदार भण्डारीले सहजीकरण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष अमृत बिश्वकर्माले संस्थाका सँस्थापकहरु ,विभिन्न समयमा संस्थालाई नेतृत्व गरि आजको दिन सम्म ल्याउन सहयोग गर्नु हुने अध्यक्ष हरुलाई सम्मान तथा धन्यवाद व्यक्त गर्दै संस्थाले कतारमा अनि नेपालमा पछिल्लो क्रममा गरेका सामाजिक तथा मानवीय कार्यहरुको जानकारी सहित कतारमा रहनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदिबहिनी हरुलाई संस्थामा आवद्ध हुन अनुरोध गर्दै स्वागत मन्तव्य राखेका थिए भने संरक्षक रेशम बस्नेतले पोखरा आसपासका प्रसिद्ध स्थानहरुको बारेमा बर्णन गर्दै स्वागत गित प्रस्तुत गर्नु भएको थियो !
कार्यक्रममा गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा प्रतिनिधि हरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सल्लाहकार प्रकाश बिश्वकर्मा प्रमुख सल्लाहकार सुरज रानाभाट, संरक्षक मन प्रसाद राना मगर ,आश बहादुर गुरुङ संरक्षक संयोजक बिमल सुबेदि सँस्थापक धुर्वराज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा रेशम बस्नेत,महेश तामङ,रामचन्द्र सुनारले मौलिक बाजा हरु सहित मीठो मौलिक भाकामा सस्कृतिक प्रस्तुति राखेका थिए ।
सस्थामा आबद्द हुन चाहानाहुने कस्केली किरण ढकाल क्षेत्री, गणेश देवकोटा , अजय बिश्वकर्मा, बिष्णु देवकोटा, र लक्ष्यमण देवकोटा लाइ सस्थामा स्वागत गर्दै सस्थाको आजिबन सदस्यताको प्रमाण पत्र प्रदान गरियको थियो । कार्यक्रमका प्रमुख अतिथिलाई माया चिनो सहित नेपालि ढाकाटोपीले सम्मान गरियको थियो।
कार्यक्रमको अन्तमा प्रमुख अतिथी नन्दलाल बिश्वकर्माले गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा भएको हुनाले कास्की आदर्श समाज गण्डकी प्रदेशका जिल्ला संस्थाहरु मध्य जेठो संस्था पनि भएको हुनाले यो सँस्थाको गरिमा उच्च रहेको र गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला संस्थाहरुलाई अभिवाकत्व ग्रहण गरेर आगडी बढिरहेको हुनाले गण्डकी प्रदेश समन्वय परिषद कतारले पनि कतारमा मात्र नभएर नेपालमा पनि सामाजिक मानवीय कार्यहरू सम्पादन गर्न सहज भएको बताउँदै सँस्थाको अझै उन्नति प्रगतिको कामना गर्दै गण्डकी प्रदेश भित्रका कुनै पनि जिल्ला सँस्थाहरुले गर्ने सामाजिक अनि मानवीय कार्यहरुमा गण्डकी प्रदेश समन्वय परिषद् कतार संधै सहकार्यका लागि तयार रहेको कुरा उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा कास्की आदर्श समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति अग्निधर देवकोटा ले उपस्थित सबैलाई कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने कार्यसमितिका साथिहरु, आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाता हरुलाई धन्यवाद सहित सस्थामा आजिबन सदस्यता लिनुहुने साथिहरुलाई सस्थामा स्वागत गर्दै सस्था स्थापना गर्नुहुने सस्थापकहरुलाई सम्झना गर्दैसंस्था बनाउने मनहरु सहित संस्था बचाउने मनहरू जस्तै सस्थामा निरन्तरता दिने अझै महान् हुन्छन् भन्दै कार्यक्रमको समापन गरेका थिय ।