दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं राष्ट्रिय अधिवेशन”आगामी १ अगस्टमा दोहामा अवस्थित "क्राउन प्लाजा होटल दोहाको "सभाहलमा भब्यताका साथ हुने भएको छ ।
आइसिसि र एनसीसी कतारको २०२५/२७ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको एनआरएनए कतारको निर्वाचन समितीले आज प्रकाशित गरेको नामावलीमा उल्लेख गरेको छ ।
साथै, मनोनयन दर्ता भएका उम्मेद्वारहरुको नामहरु माथि दावीबिरोध भएमा २८ जुलाई २०२५ राति १० बजे सम्ममा ५५४०३२४७ मा What's App मार्फत उजुरी गर्न अनुरोध गर्न जानकारी गराएको छ । उम्मेद्वारहरुको दावीबिरोध पछिको अन्तिम नामावली २९ जुलाई २०२५ का दिन प्रकाशन गरिनेछ बताएको छ ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार आइसिसि सदस्यमा ४ जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराएको छ ।
उम्मेदवारी दिनेहरुमा झविन्द्र बेलबासे,ईश्वरराज पौडेल,शिव कुमार महतो,मिनराज वाग्ले रहेका छ्न ।
एनसिसि कतारको अध्यक्ष एक पदको लागि १ जनाको नै उम्मेद्बारी परेको र उक्त उम्मेद्बारी पदम गिरिको रहेको जानकारी प्राप्त रहेको छ ।
गिरि संघका दुई कार्यकालका पुर्व महासचिव, २३-२५ कार्यकालमा अध्यक्षका उम्मेदवार,तनहुँ सेवा समाज कतारका अध्यक्ष लगायत विभिन्न सामाजिक कार्यहरुमा सक्रिय छ्न ।
प्रथम उपाध्यक्षमा रोशन अर्याल,दृतिय उपाध्यक्षमा शुबास थापा,तृतीय उपाध्यक्षमा लिला राई, महिला उपाध्यक्ष
राम कुमारी तामाङ,यूवा उपाध्यक्षमा टंक बहादुर वि.क.महासचिव शिव भुजेल,सचिवहरुमा क्रमश खेमराज सुबेदी,ईसिलाल पण्डित र शंकरमान राई कोषाध्यक्षमा प्रेम कमार बस्नेत,सह-कोषाध्यक्षमा मो आजाद मन्सुर,महिला संयोजक अप्सना मिया,युवा संयोजक छम वहाद चन्दरहेका छ्न ।

कार्यसमितिको सदस्यहरुमा ।
गैरआवसीय नेपालि संघ ११ औ अधिवेशन आयोजक समिति कतारका संयोजक केशव कार्कीका अनुसार पञ्जिकृत सदस्यता आवेदन आह्वान संख्या "छ हजार पचहत्तर" ६०७५ पुगेपनि विभिन्न कारणबस, २०२५–२०२७ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ४ हजार ६०३ कायम रहेको छ ।
कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही, समितिका द्वित्तीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।
वैदेशिक रोजगारिको निम्ति प्रवास गएका नेपाली श्रमिक हरुको ठुलो, साझा सँस्था गैरआवसिय नेपाली संघको पहिलो स्थापना रसीया र दोस्रो कतार हुँदै आज बिश्वका धेरै देशमा यस्को संजाल छाएको छ ।
अधिवेशनले आगामी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुने पनि जनाइएको छ ।