दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको यहि अगस्ट १ मा हुन गहिरहेको “११ औं राष्ट्रिय अधिवेशन”को प्राम्भिक, लिस्टमा सबै पदमा एकल उम्मेद्बारी परेको छ ।
निर्वाचन कमिटीले जानकारी दिएको प्राम्भिक,लिस्टमा आइसिसि सदस्यमा उम्मेद्बारी दिनेमा ४ जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराएको छ ।
उम्मेदवारी दिनेहरुमा झविन्द्र बेलबासे,ईश्वरराज पौडेल,शिव कुमार महतो र मिनराज वाग्ले रहेका छ्न ।
एनसीसी कतारको अध्यक्ष (एक पदको लागि) १ जनाको नै उम्मेद्बारी परेको र उक्त उम्मेद्बारी पदम गिरीको रहेको जानकारी प्राप्त रहेको छ ।
गिरीले सन : २०१५ - १७ देखी एनआरएनए राष्ट्रिय तथा अन्तरास्ट्रिय कमिटिका बिभागमा महत्त्वपूर्ण पदमा बसेर काम गरेका,संघका दुई कार्यकालका महासचिव,२३-२५ कार्यकालमा अध्यक्षका उम्मेदवार,अध्यक्षमा पराजित भएपनि आईसीसी को टास्क फोर्समा मध्य पूर्वको प्रमुख भएर काम गरिरहेका उनी तनहुँ सेवा समाज कतारका अध्यक्ष लगायत विभिन्न सामाजिक कार्यहरुमा सक्रिय छ्न ।
त्यसैगरि प्रथम उपाध्यक्षमा रोशन अर्याल,दृतिय उपाध्यक्षमा शुबास थापा,तृतीय उपाध्यक्षमा लिला राई, महिला उपाध्यक्ष राम कुमारी तामाङ,यूवा उपाध्यक्षमा टंक बहादुर वि.क.महासचिव शिव भुजेल,सचिवहरुमा क्रमश खेमराज सुबेदी,ईसिलाल पण्डित र शंकरमान राई कोषाध्यक्षमा प्रेम कमार बस्नेत,सह-कोषाध्यक्षमा मो आजाद मन्सुर,महिला संयोजक अप्सना मिया,युवा संयोजक छम बहादुर चन्द रहेका छ्न ।
अन्य कार्यसमिति सदस्यमा (आवश्यक संख्या १९ ) बलराम कौशल,शेख फैयाज,कृष्ण ढकाल,भानुभक्त शर्मामनिराज स्याङ्तान,मानसिंह बिक,किरण परियार,दिपेन्द्र गैरे, गुणराज कटुवाल,सुशील गौतम,ईशान रेग्मी,रबिन खत्रि,प्रेम प्रकाश शाही, रबिन अधिकारी,श्याराम यादवअर्जुन कुमार यादव,प्रतिमा शिवा,रमेश महर्जन युवाराज पोखरेल लेखा समिति संयोजकमा पदम बहादुर रानाभाट, सदस्य द्वयमा साजिद एकवल,हेमराज रिजाल रहेका छ्न ।
“११ औं राष्ट्रिय अधिवेशन”आगामी १ अगस्ट शुक्रबार दोहामा अवस्थित "क्राउन प्लाजा होटल दोहाको "सभाहलमा भब्यताका साथ हुने छ ।
२०२५–२०२७ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ४ हजार ६०३ कायम रहेको छ ।
अधिवेशनले आगामी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुने पनि जनाइएको छ ।
