दोहा : रामेछाप सेवा समाज कतारले सातौँ अधिवेशनतथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
समाजका का:वा अध्यक्ष रबिन कार्कीको सभापतित्व तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललित कुमार तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट रामेछाप जिल्ला खाडांदेवी गाउँपालिका वडा न ५ का रबिन कार्की आगामी कार्यकालका लागी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा आशिष् मोक्तान तामाङ,प्रथम उपाध्यक्षमा बुद्धिराज तामाङ (राज)द्वितीय उपाध्यक्षमा शुभ राज सुनुवार,महिला उपाध्यक्षमा ममता रानाभाट खत्री,महासचिवमा कविता खत्री, उप-महासचिवमा प्रकाश दर्नाल (शीतल),सचिवमा राजु मगर कोषाध्यक्षमा जित बहादुर खत्री, र सह कोषाध्यक्षमा सुशन मगर निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा शमन खडका,जीवन घिसिङ,शर्मिला साउत कार्की,रामकुमार बस्नेत प्रेम बहादुर भण्डारी,राम बहादुर खत्री (सागर) मिना लामा,राजकुमार भण्डारी,यमुना खत्री टाेकमाया सुनुवार,कर्ण घिसिङ रहेका छन् ।नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक उद्धव मगरले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
विधिगत रूपमा ब्यानर अनावरण तथा दीप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रम महिला उपाध्यक्ष रेणुका लामाले स्वागत मन्तव्य राखेकी थिइन । कलाकार सुधा परियारले स्वागत नृत्य पेस गरेकी थिइन।उद्धव मगरले कार्यक्रम तथा संस्थाको बारेमा प्रस्ट पारेका थिए । नवोदित साहित्य वाचन लय कतारका अध्यक्ष शोभाराम ओलीले उत्कृष्ट कविता वाचन गरेका थिए ।
समाजले सामाजिक व्यक्तित्व सागर नेपाल प्रमुख अतिथि ललित कुमार तामाङ समाजका सल्लाहकार विनीता घिसिङलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा दुई दर्जन भन्दा बढी कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो । समाजले आयोजना गरेका हरेक कार्य तथा परियोजनालाई विभिन्न कोणबाट साथ र सहयोग पुर्याएका सङ्घ संस्था,कलाकार तथा पत्रकारहरूलाई कदर पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष रबिन मगरले आफ्नो मन्तव्य बोल्दै सदस्यता खुल्ला गरेको जानकारी गराउँदै सङ्घले कतारमा रहेका श्रमिकहरूको हक र हितको लागी विगत देखि वर्तमान सम्म अत्यन्तै राम्रा काम गर्दै आइरहेको र आगामी दिनमा समेत राम्रा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि तामाङले आफ्नो मन्तव्य बोल्दै आफूले विभिन्न सामाजिक कार्यमा आफू खटिएर दुख र पिडामा परेका श्रमिकहरूको लागी आफूले पटक पटक नेपाली राजदूतावास सगं हार गुहार गरिरहँदा दूतावासले गुनासाहरू न सुनेको र सुनुवाइ न गरिदिएकोमा दुख व्यक्त गरे ।
खुल्ला सत्रको समापन गर्दै सभापति कार्कीले आफू कार्यवाहक भएर संस्थाको नेतृत्व सम्हालेको दिन देखि आज सम्म आफुलाई साथ र सहयोग दिने सम्पूर्णलाई एक मुष्ठमा हार्दिक आभार व्यक्त गरे ।कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो । कार्यक्रमको सहजीकरण आशिष् मोक्तान तामाङ र कविता खत्रीले मिलेर गरेका थिए ।