दोहा : गैरआवासीय नेपाली संघ (NRNA) को अक्टोबर ११-१४ : २०२५ काडमाण्डौमा हुने अन्तराष्ट्रिय "महाधिवेशन प्रतिनिधि" बन्न SMART NRNA एपमार्फत आवेदन गर्नुपर्ने भएको छ ।
संघ (NRNA) को २०२२ को विधानको धारा १३.७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत, अन्तिम प्रतिनिधि सूची सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (NCCs) हरूद्वारा पुष्टि गरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सचिवालयमा २०२५ अगस्ट ३१ भित्र पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराइएको छ ।
प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि अगस्ट २० सम्म SMART NRNA मोबाइल एपमार्फत खुला गरिएको छ । महाधिवेशन प्रतिनिधिको छनोट संघको विधानको दफा १३.७, अनुसूची ६ र ६(क), तथा महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम हुने जानकारी गराएको छ ।
एनआरएनए ICC प्रतिनिधि बन्न आवेदन दिने प्रक्रिया निम्न अनुसार गर्न सकिन्छ ।
१. SMART NRNA एप खोल्नुहोस् र लगइन गर्नुहोस्।
२. "Apply Delegates" सेक्सनमा जानुहोस्।
३. ड्रपडाउन मेनुबाट तपाईंले हालै सम्हालेको सर्वोच्च पद चयन गर्नुहोस्।
४. सो पदमा कार्य गरेको कार्यकाल (tenure) निर्दिष्ट गरिएको ढाँचामा उल्लेख गर्नुहोस्।
५. आफ्नो बारेमा थप जानकारी भए टिप्पणी (Remarks) लेख्नुहोस् (वैकल्पिक)।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि, तपाईंको निवेदन राष्ट्रिय समन्वय परिषद्ले (NCC) रुजु गरी, संघको आधिकारिक वेबसाइटमा प्रतिनिधि नामावली प्रकाशन गरिनेछ।
प्रतिनिधि आवेदन दर्ता गर्न लिङ्कमा रहेको https://youtu.be/0IjFe3s7XG8?feature=shared मा क्लिक गरेर थप जानकारी लिन सक्नुहुनेछ।
कानुनत गत जुलाई महिनामा ५८ बटा एनसीसीहरुले अधिबेशन र निर्वाचन सम्पन्न गरेको छ्न ।