दोहा : नेपालीहरूको महान पर्व शुभ विजयादशमीको अवसर पारेर "दोहा वेभ्स" को आयोजनामा “स्टार नाइट-२०२५” भब्य साङ्गितिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा गायक कर्णदाससहित अहिलेका बहुचर्चित गायक तथा मोडेल दुर्गेश थापा, चर्चित गायिका सिर्जना खत्री “हाउडे माया”, गायकहरू सन्नु कुमार र सञ्जय देवकोटा, नायिका शिवि शर्मा, नृत्याङ्गना प्रीति पासवान, सफल सगरमाथा आरोही कविता नेपाली र सपना चौहान सहित “ब्याक टु नाइन्टी” ब्यान्डले समेत सांगीतिक प्रस्तुति दिने भएका छ्न ।
मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस, भेगाबोन्डका कलाकारहरू समेटेर “विरासतलाई फर्केर हेर्दा” नामकरण गर्दै ७ वटा ब्यान्डले सामूहिक सहकार्य गरेका छन् ।
ब्यान्डले जिन्दगीको के भरोसा, अनौठो व्यथा भएछ, ठुला ठुला महल हैन, बस सुन्दरी, चाइना कम्पनी, पागल प्रेमी, यो जिन्दगानी, यो मुटुमा माया मेरो, अन्जानैमा, डुङ्गे साहुको मेलामा, पहिलो नजर अनि पहिलो भेट लगायतका गीतहरू पेस गर्ने गरी कार्यक्रमको तयारीलाई तीव्रता दिइएको संयोजक रोशन अर्यालले जानकारी दिए ।
सनैयामा अवस्थित ग्राण्डमलको एमपीथ्रीएटर सभा हलमा हुने कार्यक्रमका लागि साँझ ५ बजेबाट गेट खुल्ला हुने भएको छ । दर्शकहरूको सहजतालाई ध्यानमा राख्दै टिकटका लागि विभिन्न सपिङ महल तथा अनलाइन मार्फत पनि लिन सकिन व्यवस्था आयोजकले मिलाएको छ ।
कार्यक्रमका लागि टिकटको दर गोल्ड ४०, प्लटिनियम ६०, भिआइपी ८०, रेड कार्पेट २०० कतारी रियल मूल्य कायम गरिएको छ ।
कार्यक्रमका बारेमा थप जानकारी चाहिएमा ७०६६५६४४ र ३१५७८३०८ मा सम्पर्क गर्न सकिन्छ । स्टार नाइटलाई भिक्टोरिया गोल्ड एन्ड डायमन्डले मुख्य प्रायोजन गरेको छ ।