दोहा : झापा,मोरङ र सुनसरी लगायतका जिल्लामा रहेका
लोपोन्मुख,सन्थाल जातीहरुको साझा संस्था "नेपाल प्रवासी सन्थाली" राहत कोष झा.मो.सु. कतारलाई, झापाली समाज कतारले १५ सेट झाकी पोशाकहस्तान्तरण गरेको छ ।
समाजले नेपाली रुपयाँ ( ७०५०८ ) बराबरको १५ सेट झाकी पोशाक सेट हस्तान्तरण गरेको हो ।
मिति २६ सेप्टेम्बर २०२५ तारिख शुक्रबारको दिन झापाली समाज कतारका संरक्षक महेन्द प्रसाद चाम्लागाई को निजि निवासमा, झापाली समाज कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थितीमा संस्थाकी कार्यबाहक अध्यक्ष सरु टुडुलाई सहयोग हस्तान्तरण सम्पन्न गरिएको हो ।
झापाली समाज कतारका अध्यक्ष चानीलाल राजबंशीको अध्यक्षता, संरक्षक महेन्द प्रसाद चाम्लागाईको प्रमुख आतिथ्यतामा,समाज कतार संरक्षक भवानी प्रसाद कोईरालाको उपस्थिति रहेको थियो ।
राहत कोष कतारकी कार्यबाहक अध्यक्ष सरु टुडु साथै झापाली समाज कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र सन्थाल समाजका पदाधिकारीहरुको बिशेष उपस्थिती रहेको सहयोग हस्तान्तरण कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष गणेश प्रसाद दुलालको उपस्थित सबैलाई स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा आफ्नै भेषभुषामा सजिएर आएका सन्थाली दाजुभाईहरु संग फोटो लिदै कार्यबाहक अध्यक्ष सरु टुडु ले आफ्नो समुदायलाई आफ्नै सँस्कृतिको पोशाक सहयोग सहित विभिन्न समयमा गर्नु भएको सहयोगको स्मरण गर्दै धन्यवाद ज्ञापन गरिन
कार्यक्रममा बोल्दै भवानी प्रसाद कोईरालाले यो समुदायलाई शिक्षाको आवश्यक रहेको र लोपोन्मुख हुन् लागेको यो समुदायको सस्कृति संरक्षणको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु हुदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
प्रमुख अतिथि चाम्लागाईले मन्तव्य राख्दै हामी भूगोलको जुन शुकै कुनामा रहेपनि हाम्रो देशका सम्पूर्ण जात जातिका संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्ने हामी सबैको दवित्व हो, अझै लोपउन्मुख जाति र संस्कृति लाइ प्राथमिकता राखेर हामी अघि बढ्नु पर्छ हामीले जगेर्ना गर्न सकेनौ भने लोप भएर जाने र बिदेशी संस्कृति हावी हुने खतरा बढन सक्छ साथै यस्ता संस्कृति र झाकिलाइ बिदेसी मन्चमा सम्म पुर्याउन, र नेपालि संस्कृति लाइ कतारको स्थानीय मिडिया र यहाको संस्कृति बिभाग सम्म पुर्याउन मेरो तर्फ बाट हर प्रयास रहने जानकारी गराए ।
कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष लोक थापाले गरेका थिए। कार्यक्रमका सभापतिले उपस्थित बिशेष अतिथि ज्युहरु र सहयोग गर्नु हुने समाजका संरक्षक अग्रज व्यक्तित्व आदरणीय लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरियो ।