दोहा : गीत-संगीत,,कला र साहित्य क्षेत्रहरुमा अनगिन्ती धरोहरहरू राष्ट्रलाई उपहार दिइसकेको कास्की जिल्लाको फूलबारीमा फुलेका प्रख्यात सांगीतिक फूलहरु मध्यका लेकाली,मध्यान्ह, देउराली, ब्रोसिस, भेगाबोन्ड लगायतका अन्य चर्चित कलाकारहरुको साथमा दोहा वोएब्स प्रोडक्सन द्वारा आयोजना गरियको नेपाली साँगीतिक कार्यक्रम विरासतलाई फेर्केर हेर्दा” “Back to 90”s Star Night-2025” मा आफनो लाईभ प्रस्तुति दिनका लागि कतार आइपुग्नु भएको यस शुभ अवसरमा Back to 90”S का ब्याण्डलाइ कास्की आदर्श समाज कतारले सम्मान गरेको हो I
गण्डकी प्रदेश समन्वय परिषद मातहातका जिल्ला संस्था र कास्की आदर्श समाज कतारले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष नन्दलाल बिक अजय को सभापतित्व र संस्थाका संरक्षक आसबहादुर गुरुङ को प्रमुख अतित्यथामा दोहाको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा २७ सेप्टेम्बर २०२५ का दिन सम्पन्न भएको थियो।
कास्की आदर्श समाज कतारको तर्फबाट मायाको चिनो र दोसल्लासहित लेकाली मध्यान्न देउराली ब्रोसिस र भेगाबोन्ड ब्यान्डलाई सम्मानसहित मायाको चिनो दोसल्लाले संस्थाका अध्यक्ष अग्निधर देवकोटा संरक्षकहरु मनप्रसाद रानामगर आसबहादुर गुरुङ प्रमुख सल्लाहकार सुरज रानाभाट तथा संस्थाका अन्य पदाधिकारीहरू द्वारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा पोखरा सांगीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङलाई पनि सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले आआफ्नो धारणा राख्ने क्रममा सबैको धारणा ब्याक टु नाइन्टिजलाई एकफेर फेरि कतारमा झुमाउनु रहेको थियो। यसमा सबैको साथ सपोर्ट र सहयोगले उक्त कार्यक्रम फेरि कतारमा ल्याउने चाहना सबैको रहेको थियो। र सम्मानित हुनुहुने ब्यान्ड हरूको तर्फबाट लेकालीको नवीन गुरुङ र मध्यान्नबाट कर्णदास ले हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो।
त्यसैगरी पोखरा कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङले पनि हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो। कास्कीले सम्मान गर्दा संस्थाको उपाध्यक्ष अमृत विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
संस्थाका अध्यक्ष अग्निधर देवकोटाले आफ्नो शुभकामना मन्तव्यमा ब्यान्डका सम्पूर्ण कलाकारहरूलाई दोहा कतारमा हार्दिक स्वागत गर्दै सांगीतिक यात्राको सफलताको शुभ कामनाका साथ गीत-संगीतका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउनु हुनेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू गण्डकी प्रदेशबासी तथा कस्केली दाजुभाईहरूको बाक्लो उपस्थिति रहेको थियो I
अन्तमा कार्यक्रमका प्रमुख अतिथि संरक्षक आशाबहादुर गुरुङ ले आफ्नो भनाइ राख्दै र सभापतिले सम्पूर्णलाई धन्यवाद सहित आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। र कार्यक्रमको सहजीकरण गण्डकी प्रदेश समन्वय परिषदका महासचिव मनप्रसाद राना मगरज्यूले गर्नुभएको थियो।