दोहा : कास्की आदर्श समाज कतार द्वारा वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले नवौं कार्यसमितिको आन्तरिक वार्षिक साधारण सभा तथा शुभ विजयादशमी,शुभ दीपावली,नेपाल सम्वत, छठ लगायतका चाडपर्वहरूको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको हो ।
कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको समाजले यहि मिति २०२५ अक्टोबर १० शुक्रबारको दिनमा अल वक्रा बीचको फेमिली पार्कमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रममा सभापति संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्वमा,पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक रामप्रसाद गौतमको प्रमुख अतिथिको अतिथ्यता संरक्षक आशबहादुर गुरुङ, मनप्रसाद राना मगर सल्लाहकार रामचन्द्र सुनार लगायत संस्थापकहरु, पुर्व सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्य हरु, निबर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सस्थाका आजिवन,मानार्थ तथा साधारण सदस्यहरु साथै कतारमा कार्यरत सम्पूर्ण कस्केली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम भब्य र सभ्य रुपमा सफलता पुर्वक सम्पन्न गरिएको थियो।
कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै साथमा नव आगन्तुक कस्केलीहरुलाई पनि स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव केदार भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष केशु गुरुङले प्रस्तुत गर्नुभएको थियो। वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सस्थाले १ बर्समा गरेका सम्पूर्ण कार्यहरु उपर उपस्थित सम्पूर्णले ताली बजाएर मुक्त कण्ठले प्रसंसा गर्दै उक्त प्रतिबेदन पारित गर्नुभएको थियो।
शुभकामना राख्ने क्रममा संस्थाका संरक्षक द्वय मनप्रसाद रानामगर र आश बहादुर गुरुङले उक्त प्रतिवेदन माथि खुलेर प्रशंसा गर्नुभएको थियो। र कार्यक्रमको अन्तमा प्रमुख अतिथिले समसामयिक विषयमा आधारित कविता र मुक्तक सहित संस्थाले गरेका हरेक गतिविधिहरु अनुसरणीय र उदाहरणीय भएको भन्दै कार्यसमितिका सम्पूर्ण साथीहरुलाई धन्यवाद ब्यक्त गर्दै आफूलाई प्रमुख अतिथिको अतिथ्यता ग्रहण गराएकोप्रति संस्थालाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष अग्निधर देवकोटाले कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरु लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव केदार भण्डारीले गर्नुभएको थियो। औपचारिक कार्यक्रम समापन पछि खानपिन सहित नाचगान गरेर रमाइलो गरि एक अर्कामा चिना परिचय पनि गरियको थियो।