बसन्त राज योङहाङ
कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा फाल्गुनन्द टोलमा निर्माण भएको किरात तियेङलुङ चोलुङ माङहिमको आज कार्तिक २५ गते मंगलबार समुद्घाटन सम्पन भएको छ । किरात तियेङलुङ चोलुङ माङहिमका अध्यक्ष सूर्यप्रसाद यक्पाङदेन (लिम्बु)को अध्यक्षतामा सोह्रौ राष्ट्र विभूति महागुरु फाल्गुनन्दको १४१ औं जन्म जयन्ती,को अवसर पारेर किरात धर्मगुरु आत्मा लिङ्देन र श्रीमती पवित्रता हाङ्गमा साँवा लिङ्देनको संयुक्त बाहुली बाट नेपालकै अग्लो माङहिमको समुद्घाटन तथा महागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरिएको हो ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो ।
यसलाई सत्य धर्म मुचुल्का भनिन्छ , यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
माङहिम निर्माणका लागी स्थानिय दल बहादुर मेन्याङ्गवो द्वारा तत्कालिन ३ कठ्ठा जमिन निशुल्क उपलब्ध गराउनु भएको थियो ।सो जग्गा दातामा भाई मान बहादुर मेन्याङ्म्बो समेतले साथ दिएका थिए ! सोही जग्गामा निर्माण गरिएको माङहिम ५३ फुट अग्लो ९ तलाको रहेको छ । माङहिमको निर्माण कार्य १० वर्ष अगाडी देखी सुरु गरिएको थियो । माङहिम निर्माणका लागी कमल गाउँपालिका , प्रदेश सरकार का साथै चन्दा दाताहरुको सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको हो ।
करिव ८९ लाख रुपैंयाको लागतमा नेपालकै अग्लो माङहिम निर्माण गरिएको छ । त्यस्तै २२ लाख रुपैयामा यज्ञकुण्ड र ४१ लाख रुपैयामा महागुरु फाल्गुनन्दको ९ फिट अग्लो पूर्णकदको शालिक निर्माण गरिएको कोषाध्यक्ष लाख बहादुर मावोले जानकारी दिनुभयो ।
विश्व शान्ती, मानव एकता धार्मिक सहिष्णुता को मुख्य उद्देश्य लिएर आयोजना गरिने कार्यक्रम कुनै एक जातीको मात्र नभएर सबै धर्मावलम्बी हरुको साझा भएकोले हजारौंको उपस्थितीमा समुद्घाटन कार्यक्रम गरीने भएकोले कार्यक्रमलाई व्यापक बनाउन सबैको साथ र सहयोग अनिवार्य रहेको किरात तियेङलुङ चोलुङ माङहिमका समिति बताएको छ ।
किरात महागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण कार्यक्रम भक्तजन हजारौ उपस्थित रहेको थियो !