झापा / बसन्त राज योङहाङ पुस ४ । वर्तमान परिवेश सगै रियालिटी शो को इतिहासमा नयाँ प्रविधि र फरक प्रयास स्वरुप विभिन्न अवसरहरु सिर्जना गर्दै टिकटक एप मार्फत स्टेज फर आईडल नामक कार्यक्रम भव्य रुपमा चलिरहेको छ । विभिन्न सामाजिक संजालको माध्यमहरु मध्ये नेपालमा टिकटक बैधानिक भए सँगै विभिन्न सिर्जनात्मक कार्यक्रमहरु हुँदै आइरहेको छ । जसमा एउटा छुट्टै अनि नविन प्रयास THE SIXTH EYES ONE PRESENTS नामक समुहले आयोजना गरेको यो कार्यक्रममा प्रतिस्पर्धीहरुले घरमै आफ्नो कार्य सम्पादन पश्चात् बचेको अथवा अतिरिक्त समयमा पनि सहजै सहभागी भइ आफ्नो प्रतिभा दर्शक तथा निर्णायकमाझ प्रस्तुत गर्न सक्नेछन् । ठुला स्टेजहरुमा पुग्ने अवसर र पर्याप्त सिकाईको अभावमा आफ्नो इच्छा चाहानाहरु मारेर बसेका प्रतिभाहरुलाई समेटेर स्टेज प्रदान गर्ने उदेश्यले संचालन गरिएको यो कार्यक्रम प्रत्येक टिकटक लाइभ मार्फत प्रसारण हुनेछ। यसको सम्पुर्ण विवरण स्टेज फर आइडल नामक फेसबुक पेजबाट पनि सार्वजनिक हुने आयोजकले बताएका छन् !
हिमाल देखि तराई सम्म लुकेर रहेका तथा हरेक स्रोत साधनको कमीले गर्दा ठुला मञ्चमा भौतिक उपस्थिति हुन असमर्थ प्रतिभाहरुलाई गृहिणी र विभिन्न पेसामा ब्यस्त प्रतिभाहरुलाई पनि प्रतिस्पर्धामा सहभागी हुन अनुकुल हुने दावी गर्दै उत्कृष्ट हुनेहरुलाई रु १ लाख नृत्य ,र रु १ लाख नगद गायनलाई र दोस्रो ५०,०००/- तेस्रोलाई ३०,०००/-सहित उत्कृष्ट अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको डिजाईन गरिएको हो।
गायन र नृत्य विधामा हुने यो प्रतिस्पर्धामा बिजेताहरुलाई गीत रेकर्डिङ, म्युजिक भिडियो साथै अन्य अवसरहरु दिइनेछ।
कार्यक्रमको गत नोभेम्बर २३ तारिक नेपालको चर्चित गायक गायिकाहरू शम्भु राई, नृत्य निर्देशक कमल राई , नायिका करिश्मा मानन्धर ,गायिका बबिना किराती ,लावनी चक्रवर्ती , उषा गुरुङ , गीतकार संगीतकार पारसमनी राई लगायत विभिन्न टिकटक स्टारहरूको प्रस्तुतिको साथमा भव्य उद्घाटन भएको थियो।
डिसेम्बर ४ देखि सञ्चालन भएको अडिसनमा गायक बिकास लिम्बू, नायिका ऋचा शर्मा र पत्रकार विश्व लिम्बूको समेत उपस्थिति माझमा प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
बाकी छनौट राउण्डमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपती शम्भु राई र चार दसक नेपाली चलचित्रका गीतहरुमा नृत्य निर्देशन गरि सक्नु भएका नृत्य निर्देशक कमल राई निर्णायकको रुपमा रहने आयोजकले जनाएको छ ।
सामाजिक सञ्जाललाई दुरुपयोग गरेर ख्याती कमाउनेहरुको भिडमा यसलाई सहि सदुपयोग गर्न सके सामाजसँग जोडिएका प्रगती मुलक विषयहरुमा जोड दिंदा समाजिक बिकृती निर्मुल गर्न सहयोग पुग्ने र नेपाली गीतसंगीतको बिस्तारलाई सकारात्मक रुपमा टिकटक मार्फत पनि योगदान पुर्याउन सकिने र विश्वव्यापीकरणलाई नजिक बाट नियाल्न मद्दत पनि पुग्ने आयोजक परिवारको प्रचारप्रसार विभागकि सदस्य चोमु शेर्पा खुसी बताउँछिन् ।
उनको अनुसार," हामिले विभिन्न कुना कन्दरामा छरिएर रहेको प्रतिभालाई प्रोत्साहन गर्ने प्रयत्न गरेका छौ । यस्ता प्रतिभालाई उचित अवसर प्रदान गरिनु पर्छ आफैं भित्र निहित रहेको सपनालाई साकार पार्न वहाँहरुको लागि मध्यस्थताको मार्ग बनाउन सकिन्छ र त्यो उपयोगी नै भन्ने लाग्छ । "
"STAGE FOR IDOL" नामक यो कार्यक्रम ६ जनाको निर्देशकीय डिजाईनमा तयार भएको हो ! जसमा मनोज गुरुङ्ग, निमा लामा, सुबिला लामा, बन्दना तामाङ्ग, डोल थापा र कैलाश राई रहनुभएको छ भने कार्यक्रमलाई द साइनिङ स्टार , सोल्टिनी ग्रुप, बिमला हेयर एण्ड सलुन, गुर्खा ब्रदर्स, मंगल तामाङ्ग र श्याडो लगायतका अन्य स्पोन्सरहरुले प्रायोजन गरेको छ।