दोहा : लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले आन्तरिक बनभोज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदका अध्यक्ष सजन लौडारीको सभापतित्वमा परिषदका संस्थापक संरक्षक कमलमणी गुरागाइको प्रमुख आतिथ्यमा ,परिषदका प्रमुख संरक्षक क्रान्ति सिंह,संरक्षक केबि हमाल, मोहम्मद मुक्तदा मुसलमान ,लगाएत सल्लाहकारहरुको उपस्थित रहेको थियो ।
लुम्बिनी प्रदेशका जिल्ला संस्थाहरुबाट प्रदेश बासीहरुको उल्लेखनीय उपस्थित रहेको थियो उक्त कार्यक्रममा कलाकार हरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम मनोरञ्जनात्मक रहेको देखिन्थियो गित संगीतहरुमा रमाएको देख्न सकिन्थ्यो ।
परिषद, कतारले बिगतका बर्षजस्तै निरन्तर बनभोज कार्यक्रम गर्दै आएको छ। प्रदेश बासीहरुको आपसी सम्बन्ध र भाइचाराको सद्भावलाई आत्मासाथ प्रगाढ होस् भने उदेश्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको छ।
परिषदले अक्षयकोष स्थापना सहयोगार्थमा कुनै संघ संस्थाहरुबाट सहयोग बिना परिषद कतारबाट अहिले सम्म प्रदेश भित्रका ८ औं जिल्लाहरुमा विभिन्न स्थानमा बिद्यालयहरुमा ५० हजारको दरले अक्षयकोष स्थापन गरि हस्तान्तरण गरि सकेको छ ।
बाकी रहेका जिल्लाहरुमा पनि क्रमश बिद्यालयमा पनि अक्षयकोष स्थापन गर्ने योजना रहेको समाजका अध्यक्ष सजन लौडारीले जानकारी गराए कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्णलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य परिषदका उपाध्यक्ष टेकराज थापाले राखेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव देबराज पुन र सचीव श्रीधर आचार्य द्व्य संचालन गरेका थिए ।