दोहा : वैदेशिक रोजगारीको शीलसिलामा कतारमा रहेका तमु गुरुङ द्वारा" गुरुङ जातिको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार, यस बर्षको त–ल्हो ल्होसार (घोडा वर्ग) विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएका छ्न ।
“‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ” भन्ने भनाइलाई आत्मसात गर्दै “तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ सहकार्य सुरु गरेको दोहाको प्रसिद्ध दुई संस्था तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले संयुक्त रुपमा आगामी २ जनवरी, २०२६ शुक्रबारका दिन तमू ल्होसार पर्व भब्य तरिकाले मनाउने भएका हुन ।
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकारहर द्वय गायिका इनमाया गुरुङ (इन्द्रा) र कोरियोग्राफर कमल गुरुङ एवं स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।
दोहाको DPS Monarch International School, Al Wukair, मा ल्होसार मनाउने योजना रहेको तमु (गुरुङ)समाज कतारकी महिला सचिब रश्मी गुरुङले जानकारी दिइन ।
तमु हरुको ल्हो हरेक बर्षाको पौष १५ मा फेर्ने गर्दछन भने अहिले चल्दै गरेको सप्र्ही ल्हो (सर्प बर्ग)लाई बिदाई गर्दै त ल्हो (घोडा बर्ग)लाई स्वागत गरेर दुबै बर्गको ब्यक्ति हरु लगायत सम्पुर्ण लाई खेगी गुरुहरु द्वरा रिपाले स्याई स्याई गरि आशिर्वाद लिई भब्यरुपमा मनाउने गर्दछ्न र यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ ल्होलाई स्वागत गर्ने प्रचलन छ ।
तमु राजाको ताज लमजुङका सेनबहादुर गुरुङ लाई
कतारमा रहेका तमु गुरुङहरुले बर्सेनि रुपमा आयोजना गरि मान्दै आएको छेलो प्रतियोगिता तमु राजा (म्रु) चुन्ने खेल 2025/12/26 शुक्रबारका दिन सम्पन्न भएको छ।
प्रतियोगितामा २२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । २२ प्रतिस्पर्धीलाई उछिन्दै यो पालीको तमु राजा दोर्दी गाउँपालिका वार्ड नं ५ लप्सीबोट लमजुङका सेनबहादुर गुरुङ हुन सफल भएका छ्न ।
क्ल्हेप्री चिवा नवीन टु क्ल्हेप्री तमु ले कार्यक्रमको उद्घाटन गरेका थिए ।
बिजयी लाई आउदो 2026 जनवरी 2 तारिख ल्होसार मनाउने दिन सार्बजनिक रुपमा फेटा ( क्रेगी) लगाइ सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गरि सम्मान गर्ने योजना गरिएको छ ।