तिलविक्रम थेवे, दोहा कतार
०३ जनवरी २०२६–किरात याक्थुङ चुम्लुङ कतारले गतहप्ता कतारमा लोकप्रिय गायक कुशल थलङ लिम्बुद्धारा अभिनित चलचित्र युक्पुङ -बस्ती_ को विशेष प्रदर्शन गरयो ।
कुशल थलङ लिम्बु किरात याक्थुङ चुम्लुङद्धारा आयोजित चासोक तङनाममा आफनो सुमधुर गीतहरु प्रस्तुत गर्न कतार आएकावेला चलचित्र युक्पुङ -बस्ती_ को पनि विशेष प्रदर्शन गरिएको थियो ।
यस चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका गायक कुशल थलङ लिम्बुले दोहा नजमास्थित गोरखा रेष्टुरेन्ट हलमा प्रदर्शन गरिएको चलचित्र युक्पुङ -बस्ती_ को वारे, चलचित्रको छायांकन स्थल, अन्य कलाकारहरुको वारेमा संक्षिप्त जानकारी दिएका थिए ।
दिनेश माङमुले निर्देशन गरेको यस चलचित्रमा गायक कुशल थलङ लिम्बु वाहेक बरिष्ठ कलाकार कविता आले, याक्थुङ लिम्बु समुदायका वरिष्ठ कलाकार यासेली योङहाङ, कियाचु युकेका वर्तमान अध्यक्ष कमला सेन्दाङ -सेसेमा_, हाल प्रशारित भईरहेको टेली सिरियल लालकान्छीको लोकप्रिय कलाकारहरु मदन वनेम, डीवी लिम्बु, विनु तुम्बाहाम्फे लगायत अन्य धेरै कलारकारहरुको जिवन्त अभिनय रहेको छ ।
गाउँ बस्तीको परिवेस र सेरोफेरोमा कथाबस्तुलाई केन्द्रित गरेर थोरै हास्य, थोरै ज्वलन, पिरव्यथा,वेदना, गाँउबस्तीको दैनिक जिवनयापन, गाँउ बस्तीमा बोलिने बोलीचाली, संस्कार संस्कृति र भेषभुषा, गाँउघरमा चल्दै आएको थोरै जालजेल, तिगडमबाजी, चलखेल आदी इत्यादीको आकर्षक समिश्रणले चलचित्र युक्पुङ -बस्ती_ लाई थप मौलिक र जिवन्त बनाएको छ ।