दोहा, कतार
नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा कतारमा विशेष कार्यक्रम हुने भएको छ।
"प्रवासी नेपाली एकता समाज (पानस) कतार र नेपाल राष्ट्रवादी युवा शक्ति कतार को संयुक्त" आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
पानस कतारका कार्यवाहक अध्यक्ष रविन्द्र सिंह र महामन्त्री करण सिंह बोहराका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आउँदो १६ जनवरिको शुक्रवारका दिन ग्रान्ड मलस्थित लालीगुराँस होटलको सभाहलमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
आयोजकले यस ऐतिहासिक दिवसको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थित भई सफल बनाइदिनु हुन सम्बन्धित सबैमा हार्दिक निमन्त्रणा गरेको छ।
वरिष्ठ उपाध्यक्ष द्रोण बहादुर खड्काले प्रवासमा रहेर पनि आफ्नो देशको गौरवपूर्ण इतिहास र राष्ट्रिय एकताको महत्त्वलाई उजागर गर्न यो कार्यक्रम महत्त्वपूर्ण रहने बताउनुभयो। कार्यक्रममा कतारमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको संक्षिप्त विवरण:
आयोजक: प्रवासी नेपाली एकता समाज (पानस) र नेपाल राष्ट्रवादी युवा शक्ति, कतार
कार्यक्रम : ३०४ औँ पृथ्वी जयन्तीको शुभकामना आदानप्रदान
मिति: १६ जनवरी २०२६, शुक्रवार
स्थान: लालीगुराँस होटलको सभाहल, ग्रान्ड मल
समय: दिउँसो १:०० बजेदेखि ७:०० बजेसम्म