कतार:
कतारमा स्थापित सबैभन्दा जेठो संस्था खोटाङ सेवा समाज कतारले आफ्नो २९ औं वार्षिकोत्सव यहि २०२६ जनवरी ३० तारिख, शुक्रबारका दिन भव्यताका साथ मनाउने भएको छ । समाजले एक निमन्त्रणा पत्र जारी गर्दै उक्त कार्यक्रममा उपस्थितिका लागि सबैलाई हार्दिक अनुरोध गरेको छ ।
कतारको सनैया स्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा दिनको ठिक ११:०० बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा साहित्यिक प्रस्तुतिहरुका साथमा मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिनेछन् ।
उक्त कार्यक्रममा अमेरिका निवासी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सांस्कृतिक संयोजक साहित्यकार तथा कलाकार महेश्वर पन्तको विशेष प्रस्तुती रहने भएको छ ।
पन्त कार्यक्रममा सहभागी हुन र कतारमा घुमघामका लागि अमेरिका बाट बिहीवार दिउँसो कतार आउदै हुनुहुन्छ भन्दै समाजका संरक्षक संयोजक प्रेम प्रसाद भट्टराईले बताउनु भएको छ ।
समाजले कतारमा रहनुहुने सम्पूर्ण सर्वसाधारण, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायत खोटाङे तथा गैर खोटाङे समस्त महानुभावहरूलाई उक्त गरिमामय कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।
पत्रचार गरिसकेको र यदि कसैले पत्र पाउनुभएको छैन भने पनि यहि निमन्त्रणालाई आधार मानी उपस्थित भइदिन समाजले विशेष अनुरोध गरेको छ । यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रम सभ्य र भव्य रुपमा सफल हुने विश्वास समाजले लिएको छ ।
कार्यक्रमका लागि अब केवल ५ दिन मात्र बाँकी रहेको र सबैलाई उपस्थित हुन समाजले पुनः आग्रह गरेको छ ।