मोरङ / बसन्त राज योङहाङ
हन्देन्हाङ माङलाक वंश प्रतिष्ठानको आयोजनामा हालै मोरङ जिल्लाको पथरीस्थित श्रीजङ्गा माङहिम प्राङ्गणमा माघ १७ गते शनिबार
माङलाक वंश प्रतिष्ठानको दोस्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता हन्देन्हाङ माङलाक वंश प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र माङलाकको अध्यक्षतामा प्रमुख अतिथि खोज–अनुसन्धानकर्ता तथा साहित्यकार सेसेमी सेरेङ से. नाल्बो रहनुभएको थियो।
त्यसैगरी अतिथि माखिम वंश प्रतिष्ठानका विशिष्ट सल्लाहकार मुन्धुम वेद लेखक राजेन्द्र मखिम । अतिथि मिभक वंश प्रतिष्ठानका सचिव खड्ग मीभक रहनुभएको थियो।
कार्यक्रममा वंश, इतिहास, संस्कार र पहिचान संरक्षणका विषयमा विचार–विमर्श गरिएको थियो। सहभागीहरूले माङलाक वंशको पहिचान, ऐतिहासिक योगदान र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रमको दोस्रो चरणमा खुल्ला १५सत्र । बन्द १७ गरी नयाँ समिति चयन गर्नुभएको थियो।
अध्यक्ष टंक माङलाक, उपाध्यक्ष पूर्ण माङलाक,सचिव राजु माङलाक, सहसचिव बेदकुमार माङलाक, कोष अध्यक्ष जीवन माङलाक, सह कोष अध्यक्ष उदय माङलाक, सदस्यहरू:सुनिल माङलाक, मच्चिन्द्र माङलाक, डगल माङलाक, प्रकाश माङलाक, मनु माङलाक, गङ्गामाया माङलाक, निशा मांङलाक,सुदीप माङलाक, सुवर्ण माङलाक , पूर्ण माङलाक (ब.), गजेन्द्र मांङलाक, सुमन माङलाक (ब.)रहेका छन् l त्यसैगरी सल्लाहकार समिति : प्रमुख सल्लाहकार सुमन माङलाक, सल्लाहकार सदस्यहरू लोकेन्द्र माङलाक, अबिर जंग मांङलाक, भूपेन्द्र माङलाक, श्री प्रसाद मांङलाक,वंशावली पुस्तक लेखन समिति: संयोजक गुञ्जन माङ्लाक, सदस्य नन्दकुमार माङलाक सदस्य सुमन मांङलाक,नयाँ समिति चयन भएपछि अध्यक्ष टंक मांङलाक ले वंशमा अधुरा रहेका कामहरूलाई सशक्त ढङ्गले अगाडि बढाउने बताउनुभएको थियो।
नयाँ समिति चयन गरी सभाध्यक्ष लोकेन्द्र माङलाक को हातबाट धन्यवाद ज्ञापन हस्तान्तरण तथा आगामी दिनको लागि शुभकामना सहित कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।
कार्यक्रमको तेस्रो चरणमा मनोरञ्जनका लागि केही खेलहरू खेलाएका थिए। लिम्बुहरूले महत्वपूर्ण खेल मान्ने प; लुङ अर्थात् छेलो हानेका थिए। त्यसैगरी हाडी फुटाउने म्युजिकल चेयर आँखामा पट्टी बाँधेर साथी खोज्ने खेल खेलाएर कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए। भोजनमा लिम्बुहरूले खाने खाना को परिकारहरू बनाएका थिए। भने कार्यक्रमको सञ्चालन गुञ्जन माङलाकले गर्नुभएको थियो !