काठमाडौं । सहारा फाउन्डेसनले आयोजना गरेको तीन दिने “मोतीको गहना बनाउने तालिम” सम्पन्न भएको छ । वैशाख २३, २४ र २५ गते सञ्चालन गरिएको उक्त तालिम सोफिया रानाको जन्मदिनको अवसर पारेर विशेष अफर कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो ।
बिशेष अफर तालिमलाई एक बिशेष कार्यक्रमको आयोजना गरि समापन गरिएको छ। सहारा फ़ाउण्डेसनको अध्यक्ष दिलमाया तामाङ्गको सभापतित्वमा भएको समापन कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, मधेशी आयोगकी सदस्य माननीय रेणुदेबि साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहभागीहरुको प्रमाणपत्र बितरण गर्दै अध्यक्ष गेन्द्र लामाले सहभागीको उज्ज्वल भबिस्यको कामना गर्दै सहारा फ़ाउण्डेसनको प्रशंसा गरेका थिए। त्यसैगरि माननीय सदस्य रेनुदेबी साहले सहारा फ़ाउण्डेसनले कार्य प्रति गर्ब गर्दै बिशेष गरि दिदिबहिनिहरुका लागि सुनौलो अवसर रहेको र यसलाई जिबन बदल्ने शिपका रुपमा लिन आग्रह समेत गरिन।
फाउन्डेसनले “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नारासहित बेरोजगार महिला तथा पुरुषलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । तालिममार्फत सहभागीहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बन्न प्रेरणा मिलेको आयोजकको भनाइ छ ।तालिममा सहभागीहरु यो निशुल्क तालिमले घरमै बसेर पनि आर्थिक उन्नति र ब्यबसाय गर्नमा ठुलो सहयोग मिलेको बताएका छन्
यसअघि नारी दिवस तथा नयाँ वर्षको अवसर पारेर सात दिने बुके (Bouquet) बनाउने तालिम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले व्यावहारिक सीप सिकेर व्यवसायिक रूपमा अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
सहारा फाउन्डेसनले सरसफाइजन्य सामग्री निर्माण, महिलाहरूका श्रृंगारिक सामग्री, मोतीका गहना, बुके, कपाल सजाउने, चप्पल बनाउने लगायत दर्जनौँ प्रकारका तालिम निःशुल्क रूपमा प्रदान गर्दै आएको छ ।
फाउन्डेसनकी अध्यक्ष दिलमाया तामाङका अनुसार आगामी दिनमा अझ बृहत् रूपमा तालिम सञ्चालन गर्ने योजना रहेको छ । “हालसम्म थुप्रै दाजुभाइ तथा दिदीबहिनीहरू तालिममा सहभागी भइरहनुभएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ,” उनले भनिन् ।
फाउन्डेसनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट समेत सेवा प्रदान गर्दै आएको जनाएको छ । अध्यक्ष तामाङका अनुसार उद्घोषण तालिम, एआई तालिम तथा विभिन्न व्यापारसम्बन्धी काउन्सेलिङ सेवा समेत सञ्चालन हुँदै आएको छ । watch photoes