दोहा, कतार।
(जिफन्ट) सहयोग समूह कतारले आफ्नो १६ औँ स्थापना दिवस एक विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
संगठनका प्रमुख सल्लाहकार शेष राज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सो स्थापना दिवस कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा छबिलाल बुढाथोकीले संगठनको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थापना दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका दौरान संघका सल्लाहकार भीम तरामु मगरले जि.एस.जी. (GSG) को उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले संगठनको स्थापनाकालदेखि हालसम्म श्रमिक हितका लागि गरिएका विभिन्न कार्य र उपलब्धिहरूका बारेमा विस्तृत जानकारी गराउँदै सबैलाई स्थापना दिवसको शुभकामना दिनुभयो।
उपाध्यक्ष गुमान सिंह बिकको बिदाइ र सम्मान
स्थापना दिवसकै अवसर पारेर संगठनका उपाध्यक्ष गुमान सिंह बिकलाई भावपूर्ण बिदाइ तथा सम्मान गरिएको छ।
लामो समय कतारलाई आफ्नो कर्मथलो बनाई संगठनमा आबद्ध रहनुभएका उपाध्यक्ष बिक आफ्नो कतार बसाइलाई बिट मारेर स्थायी रूपमा नेपाल फर्कन लाग्नुभएको हो। कतारमा श्रमिक हकहितका लागि उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै संगठनले उहाँलाई सम्मानसहित बिदाइ गरेको हो।
यसअघि कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई उपाध्यक्ष नवराज शाहीले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थित सहजीकरण महासचिव लोक थापाले गर्नुभएको थियो।
अन्तमा, कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै जिफन्ट कतार सहयोग समूहका अध्यक्ष समुन्द्र खड्काले कार्यक्रम समापन गर्नुभएको थियो।