दोहा : वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा कतारलाई आफ्नो कर्मथलो बनाएका नेपाली महिलाहरूको हक, हित र अधिकारका लागि अनवरत रूपमा क्रियाशील साझा संस्था 'नेपाली महिला समाज, कतार' को १५औं स्थापना दिवस तथा छैटौं ऐतिहासिक महाधिवेशन कतारको दोहामा भव्यताका साथ सम्पन्न भएको छ।
कतारस्थित प्रसिद्ध होलिडे भिल्ला होटलको सभाहलमा दुई चरणमा आयोजित उक्त अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि शुष्मा खतिवडा कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै सुखद कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
अधिवेशनको उद्घाटन सत्रको समापन गर्दै निवर्तमान अध्यक्ष माया केसीले संस्थाको इतिहासमा एउटा महत्वपूर्ण कोशेढुङ्गा थपिएको जानकारी दिनुभयो। उहाँले कतारमा विभिन्न समस्या र आपत्कालीन अवस्थामा परेका नेपाली महिलाहरूलाई उद्धार तथा राहत पुर्याउने पवित्र उद्देश्यले 'कल्याणकारी कोष' स्थापना भएको घोषणा गर्नुभयो। यो कोष संस्थाकी पूर्वअध्यक्ष अमिना खानको विशेष सपना र अवधारणा थियो। कोषलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न खानकै संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरी कार्यविधि निर्देशिकासमेत हस्तान्तरण गरिएको छ।
कार्यक्रमको औपचारिक सत्रमा संस्थाकी महासचिव मेनुका खतिवडा भण्डारीले विगत साढे दुई वर्षको कार्यकालमा संस्थाले गरेका विभिन्न सामाजिक, सांस्कृतिक र परोपकारी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
यसैगरी, संस्थाकी कोषाध्यक्ष दीपा सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कतार रियाल १ लाख २१ हजार ७ सय ४६ आम्दानी र कतार रियाल १ लाख १७ हजार ५ सय ८९ खर्च भई हाल संस्थाको खातामा ४ हजार १ सय ५७ रियाल बचत रहेको पारदर्शी विवरण सार्वजनिक गर्नुभयो।
कार्यक्रमको औपचारिक सत्रमा संस्थाकी महासचिव मेनुका खतिवडा भण्डारीले विगत साढे दुई वर्षको कार्यकालमा संस्थाले गरेका विभिन्न सामाजिक, सांस्कृतिक र परोपकारी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
यसैगरी, संस्थाकी कोषाध्यक्ष दीपा सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कतार रियाल १ लाख २१ हजार ७ सय ४६ आम्दानी र कतार रियाल १ लाख १७ हजार ५ सय ८९ खर्च भई हाल संस्थाको खातामा ४ हजार १ सय ५७ रियाल बचत रहेको पारदर्शी विवरण सार्वजनिक गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यवाहक राजदूत कुमार राईले कतारमा नेपाली महिलाहरूको अवस्था, चुनौती र अवसरबारे चर्चा गर्नुभयो।
"कतारमा रहेका नेपाली महिलाहरूको समग्र सशक्तीकरण, चेतना अभिवृद्धि र सीप विकासका लागि अझ सशक्त र व्यावहारिक कार्यक्रमहरूको आवश्यकता रहेको धारण राख्दै । महिलाहरूले आफ्ना संवैधानिक हक-अधिकार र कानुनी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमको सुरुवात प्रथम उपाध्यक्ष सन्ध्या अर्यालको स्वागत मन्तव्यबाट भएको थियो। औपचारिक सत्रका बीचमा कलाकार टीका मगरको आकर्षक स्वागत नृत्य र गायिका तारा बिसीको सुमधुर सांगीतक प्रस्तुति सहित अन्य कलाकारले हलमा उपस्थित सबैलाई झुमाएको थियो। विविध सांस्कृतिक र सांगीतिक प्रस्तुतिहरूले अधिवेशनलाई थप रोचक, सभ्य र मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रमको सहजीकरण महासचिव मेनुका खतिवडा भण्डारीले गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लीला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा तथा सह-कोषाध्यक्षमा सबिता दाहाल भट्टराई चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बिसी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सीता बिक, शर्मिला चौधरी र गन्धवी चौधरी रहेका छन्