दोहा, कतार ।
"सम्पूर्ण नेपालीको चाहना शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने मूल नाराका साथ बागमती प्रदेश समन्वय परिषद् कतारको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने दिन भव्य रूपमा सम्पन्न भएको छ। कतारको दोहा स्थित सनैयामा रहेको फुलबारी रेस्टुरेन्टको हलमा गत २६ जुन २०२६, शुक्रबारका दिन शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसहित यो दिवस मनाइएको हो।

बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कविन्द्र कँडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (NRNA) कतारका अध्यक्ष कृष्ण पन्थी,लगायत संस्थाका संस्थापक संरक्षक सागर नेपाल, कार्यक्रम संयोजक तथा उपाध्यक्ष रामहरी चौलागाईं र सभापति कँडेल सहितका उपस्थिति हरुबाट संयुक्त रूपमा दिप प्रज्वलन तथा ब्यानर वाचन गरेर गरिएको थियो।
कार्यक्रममा बंगलादेश कम्युनिटी बाट मिस्टर अनवर हुसेन तथा बंगलादेश माइग्रेन्ट वर्कर्स एसोसिएसनका अध्यक्ष मिस्टर सिराजुल इस्लाम ,पेनिन्सुला मिडिया बाट पत्रकार मिस्टर अशरफ सिद्दिकी श्रीलंकन कम्युनिटी बाट लिडर मिस्टर टेनेसन,बिल्डिङ एन्ड वुडवर्क्स बाट कन्ट्री कोर्डिनेटर मिस्टर मार्को पोलो,राजस्थान वेलफेयर एसोसिएसनअध्यक्ष मिस्टर निजाम खान,तेलंगाना गल्फ कमिटी कतार बाट अध्यक्ष मिस्टर शंकर गौत,इन्डियन कल्चरल सेन्टर (ICC): अध्यक्ष मिस्टर ए. पी. मणिकन्तन को उपस्थिति रहेको थियो ।
यसका साथै कतारमा क्रियाशील वैचारिक संस्था, साझा संस्था, मातृ संस्था, विभिन्न ६५ वटा जिल्ला संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार तथा स्थानीय कलाकारहरूको उपस्थिति थियो।
कार्यक्रममा सम्पूर्ण जिल्ला संस्थाहरूको तर्फबाट अर्घाखाँची सेवा समाज कतारका बलराम पाण्डे, गणेश थापा, महेन्द्र थापा, दिपेन्द्र घले, निर बहादुर सुनुवार, आयुष घले र सञ्जय पाख्रिनले शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी प्रदेशहरूका तर्फबाट लुम्बिनी प्रदेश समन्वय परिषद्का उपाध्यक्ष टेक राज थापा, कर्णाली प्रदेश समन्वय परिषद्का अध्यक्ष मोतिलाल बुढा मगर, अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार, सहित संस्थाका प्रमुख सल्लाहकार टोकलाल लामा र प्रमुख संरक्षक सागर ढकालले शुभकामना सन्देश दिनुभएको थियो।
सांस्कृतिक माहौललाई तताउन संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी चौलागाईंले "हरियो डाँडामाथि" गीतबाट सांगीतिक प्रस्तुति सुरु गर्नुभएको थियो।
कलाकारहरू गंगा र जमुनाको स्वागत नृत्यबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाको लाइभ प्रस्तुति समूह, सुमित्रा भट्टराई, अस्मिता लामिछाने, वीरेन्द्र श्रेष्ठ, सुमन खड्का, मनिता सुनम, गुणा मगर, नारायण देवकोटा, पुकार थापा, जमुना बि.क., बाबु कौशल, लक्ष्मी कार्की र सुमित्रा बुढा क्षेत्रीले आ-आफ्नो जोडदार गायन तथा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (NRNA) कतारका अध्यक्ष कृष्ण पन्थीले २३औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले प्रवासमा रहेर पनि आफ्नो देशको , संस्कृति र परम्परालाई जोगाउन बागमती प्रदेश समन्वय परिषद् कतारले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।
कार्यक्रमका सभापति परिषद कतारका अध्यक्ष कविन्द्र कँडेलले पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ ६ बजेसम्म निरन्तर चलेको थियो।
कार्यक्रमलाई सभ्य, भव्य र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरू, अहोरात्र खटिने आयोजक टिम, सक्रिय सदस्यहरू, संरक्षक तथा सल्लाहकारहरू प्रति बागमती प्रदेश समन्वय परिषद् कतारले हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेको छ। आगामी दिनहरूमा पनि यस्तै मौलिक र सिर्जनशील कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ।