दोहा : प्रवासी नेपाली मञ्च, कतारले २६ जुन २०२६ का दिन `सात´ मध्ये चार नगर कमिटी (प्रदेश )हरूको अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। "
नगर इन्चार्ज टिका कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोख्रेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, कार्यक्रममा राष्ट्रिय कमिटी अध्यक्ष चुडामणि कार्की, संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, मध्यपूर्व सदस्य चानिलाल राजवंशी, र मध्यपूर्व सल्लाहकार जियाबाबु खान लगायत मञ्चसँग आबद्ध राष्ट्रिय तथा नगर कमिटीका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा ४ वटा नगर कमिटीहरू गठन गरेको छ। शेषराज तिमिल्सिना अध्यक्ष तथा गोविन्द सुवेदी र रघुनाथ शर्मा सदस्य रहेको अध्यक्ष मण्डलले सर्वसम्मत रूपमा चयन भएका नयाँ कमिटीहरूको नाम घोषणा गरेको थियो। नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय कमिटी अध्यक्ष चुडामणि कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।
नवगठित नगर कमिटीहरूको विवरण:
१ नम्बर नगर कमिटी (कोशी प्रदेश)
अध्यक्ष: रामकुमार कोइराला
उपाध्यक्ष: टेकबहादुर कटुवाल
सचिव: लंका दर्नाल
उपसचिव: उमा दहाल
सदस्यहरू: टी.बी. कार्की, सुनिता खड्का, सङ्गीता सुवेदी, अजेन्द्र लिम्बु, सविता गौतम
२ नम्बर नगर कमिटी (मधेश प्रदेश)
अध्यक्ष: मो. अजाद मन्सुरी
उपाध्यक्ष: मो. असलाम साफी
सचिव: हेदर अली शेख
उपसचिव: वांकिर आलम
सदस्यहरू: रफिक राइन, अली हुसैन, पिपलाल तामाङ, मोहिनुद्दिन राइन, अमिरुन राइन, सलमान नदाफ
४ नम्बर नगर कमिटी (गण्डकी प्रदेश)
अध्यक्ष: रामप्रसाद शर्मा
उपाध्यक्ष: दिपेन्द्र गैरे
सचिव: होम थापा
उपसचिव: सुरज खनाल
सदस्यहरू: गीता शर्मा (गङ्गा), किशोर अधिकारी, श्रीराम पौडेल
५ नम्बर नगर कमिटी (लुम्बिनी प्रदेश)
अध्यक्ष: बाबुराम खड्का
उपाध्यक्ष: गोपाल भुषाल
सचिव: बलि विक्रम जिसी
उपसचिव: प्रदीप जिसी
सदस्यहरू: ओमबहादुर खत्री, दिलबहादुर रसाइली, प्रविन पराजुली रहेका छ्न ।
कार्यक्रमको खुला सत्रमा बोल्दै प्रमुख अतिथि सहित अन्य वक्ताहरूले मञ्चलाई आगामी दिनमा अझ एकताबद्ध र बलियो बनाउँदै श्रमिकहरूको घरदैलो र कार्यथलोसम्म पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। वक्ताहरूले प्रवासमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान गरी तिनको सही र छिटो समाधानका लागि संगठनका सबै तह र तप्काले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
५ नम्बर नगर कमिटीका अध्यक्ष गुमानसिंह खत्रीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नम्बर नगर कमिटीका अध्यक्ष प्रेमकुमार बस्नेतले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति एवं नगर इन्चार्ज टिका कार्कीले अधिवेशनलाई भव्य रूपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।