दोहा, कतार
"सभ्य भाषा, सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान" भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो बाह्रौँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन-२०२६ आयोजना गर्ने भएको छ।
जानकारी अनुसार आगामी ३१ जुलाई २०२६, शुक्रबारका दिन कतारस्थित प्लाजा मलमा रहेको मेस्क्याफे रेस्टुरेन्ट (Messcafe Restaurant, Plaza Mall) मा दिउँसो १२:०० बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ।
वार्षिकोत्सव तथा अधिवेशनको अवसरमा संस्थाका महासचिव सुरत शाही ठकुरीले सम्पूर्ण कतारबासी नेपाली, संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा समुदायका प्रबुद्ध व्यक्तित्वहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छ्न ।
अध्यक्ष खगेन्द्र शाही ठकुरीका अनुसार अधिवेशनले विगतका कार्यहरूको समीक्षा गर्दै संस्थाको आगामी दिशा तय गर्नेछ। साथै, संस्थालाई थप सशक्त र उचाइमा पुर्याउन नयाँ तथा कुशल नेतृत्वको चयन समेत गरिनेछ।
ठकुरीले कतारमा रहेका सम्पूर्ण ठकुरी समुदाय तथा नेपाली भाषीहरूलाई एकै ठाउँमा जोड्दै भातृत्व र सामाजिक हितका कामलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
वार्षिकोत्सव तथा अधिवेशनमा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, संघ-संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि आयोजक ठकुरी सहयोग सञ्जाल, कतारले हार्दिक अनुरोध गरेको छ।