दोहा, कतार
क्षत्री समाज नेपाल, कतार शाखाको पाँचौँ अधिवेशनबाट गुणराज कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति (कार्यकाल २०२६–२०२८) निर्विरोध निर्वाचित भएको छ। शुक्रबार (३१ जुलाई २०२६) का दिन सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: गुणराज कटुवाल,उपाध्यक्ष: शिवलाल के.सी. बद्रि बानियाँ,महिला उपाध्यक्ष: चित्रा (ईश्वरी) खत्री,सचिव: कल्पना जिसी,सह–सचिव: रुपा वली,कोषाध्यक्ष: कमल खत्री,सह–कोषाध्यक्ष: किरण ढकाल छ्न ।
कार्यसमिति सदस्यहरू:मा नारायण बस्याल, पूर्ण के.सी., करुणा क्षेत्री, बिष्णु (अंकिता) खत्री, छत्रमणि खड्का, तेजेन्द्र खनाल छेत्री, संन्जिव कटुवाल, चन्द कुँवर, जर्मन खत्री, ममता खत्री, लक्ष्मी कार्की, प्रेम क्षेत्री, र उम् बहादुर क्षत्री रहेका छ्न ।
समाजका अध्यक्ष श्यामकुमार डाँगी क्षत्रीको सभापतित्व तथा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा संरक्षक सागर नेपाल, तेज कटुवाल लगायत कतारमा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, साहित्यकार सहित आम क्षत्री समुदायको बाक्लो उपस्थिति रहेको थियो।
१६ औँ स्थापना दिवसको अवसरमा केक काट्दै औपचारिक रूपमा सुचारू गरिएको कार्यक्रममा उपाध्यक्ष गुणराज कटुवालले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका संस्थापक महासचिव तथा हाल संरक्षक रहेको रेशम बस्नेतले संस्थाका गतिविधि लगायत विविध विषयमा प्रकाश पारेका थिए।
संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक शिवलाल केसीले क्षत्री समाज नेपालका अध्यक्ष रिब बहादुर थापाले पठाएको शुभकामना सन्देश पढेर सुनाए । त्यस्तै दुई वर्षकोअवधिमा कतारमा रहेको समाजले गरेका गतिविधिहरूलाई प्रगति प्रतिवेदन मार्फत जानकारी गराए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले "क्षत्री समाजले स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरूको हकहित र सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको" चर्चा गर्नुभयो। उहाँले "वीरता, स्वाभिमान र सामाजिक उत्तरदायित्व क्षत्री समुदायको पहिचान भएको र कतारमा रहेका सम्पूर्ण क्षत्री दाजुभाइ तथा दिदीबहिनीहरूले नेपाली संस्कृति, आपसी एकता र सामाजिक कार्यमा सधैँ अग्रणी भूमिका खेल्दै आएको" भन्दै नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि सागर नेपाल लगायतका अतिथिहरूले पनि आफ्ना भनाइ राख्नुभएको थियो। औपचारिक मन्तव्य र शुभकामना आदानप्रदानपछि सभापति श्यामकुमार डाँगी क्षत्रीले कार्यक्रमको विधिवत् समापन गर्नुभएको थियो।
औपचारिक सत्रका साथै कतारमा रहेका स्थानीय कलाकारहरूले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए भने साहित्यकारहरूले आफ्ना साहित्यिक सिर्जनामार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।
नवनिर्वाचित कार्यसमितिले कतारमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। क्षत्री हरुको अभियानलाई थप सशक्त, पारदर्शी र उदाहरणीय बनाउँदै संस्थाको गौरवपूर्ण यात्रालाई नयाँ ऊर्जा र सोचका साथ अघि बढाउने विश्वास लिइएको छ।
नयाँ नेतृत्व आएसँगै क्षत्री समाज नेपाल, कतार शाखाले प्रवासी नेपालीहरूको हित र सामाजिक कार्यहरूमा अझ सुदृढ, सक्रिय र प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ।