दोहा–कतार । कतारमा कार्यरत ठकुरी समुदायको साझा संस्था ‘ठकुरी सहयोग सञ्जाल’ ले आफ्नो १२औँ स्थापना दिवस मनाउँदै आठौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त भेलाले महेन्द्र शाही ठकुरीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्दा शाही ठकुरी, प्रथम उपाध्यक्षमा धनकुमार मल्ल ठकुरी, द्वितीय उपाध्यक्षमा लक्ष्मण शाही ठकुरी, महिला उपाध्यक्षमा सबिना मल्ल ठकुरी, महासचिवमा सुरत शाही ठकुरी, सचिवद्वयमा कमल शाही ठकुरी र राजेन्द्र मल्ल ठकुरी, कोषाध्यक्षमा नमराज शाही ठकुरी तथा सह,कोषाध्यक्षमा बसन्ती मल्ल ठकुरी चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विपिन सिंह ठकुरी, दिलबहादुर शाही ठकुरी, लालसरा शाही ठकुरी, तपेन्द्र शाही ठकुरी, गीता शाही ठकुरी, ज्ञानबहादुर शाही ठकुरी, कमलकुमार शाही ठकुरी, खगेन्द्र शाही ठकुरी, छत्र शाही ठकुरी र धर्म बहादुर शाही ठकुरी चयन भएका छन्। एक सदस्य पद रिक्त रहेको छ । निर्वाचन समितिका संयोजक केबी हमालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
निवर्तमान अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभापतित्व तथा संस्थाका प्रमुख संरक्षक रेशम शाही ठकुरीको विशिष्ट आतिथ्यमा आयोजित उक्त समारोहमा केक काटेर औपचारिक सुरुवात गरिएको थियो। कार्यक्रममा जिया हमालले स्वागत नृत्य पेश गरेकी थिइन् ।
संस्थाका महासचिव सुरत शाही ठकुरीले दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कतार र नेपालमा विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गरेको जानकारी दिए।
कार्यक्रममा कर्णाली प्रदेश समन्वय परिषद् कतारद्वारा कर्णालीको परम्परागत पोशाक र बाजागाजाका साथ प्रस्तुत गरिएको ‘मयुर नाच’ विशेष आकर्षक रहेको थियो ।
कार्यक्रममा सांगीतिक तथा साहित्यिक प्रस्तुति: कलाकारहरू सुजाता थापा मगर, सुष्मा तामाङ, सुनिता विश्वकर्मा, रोजिना गुरुङ, मिलन गुरुङ र साहित्यकार बाबुराम नेपाल (गजल वाचन) गरेका थिए ।
प्रवासमा रहेर संस्थाका गतिविधि, परोपकारी अभियान र सामाजिक कार्यमा योगदान पुर्याउने सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार एवं कलाकारहरूलाई कार्यक्रममा सम्मानपत्रद्वारा कदर गरिएको थियो।
कार्यक्रम सहजीकरण सहित महासचिव सुरत शाही ठकुरीले आफ्नो दुई वर्षे कार्यकालमा कतार र नेपालमा सम्पादन गरिएका सामाजिक तथा मानवीय कार्यहरूको विवरण पेस गरे ।
प्रमुख संरक्षक रेशम शाही ठकुरीले कतारमा कार्यरत नेपालीहरूलाई स्थानीय नियम-कानुनको पालना गर्दै आपसी भाइचारा र सामाजिक उत्तरदायित्व निभाउन आग्रह गर्दै ठकुरीहरूको एकतामा जोड दिनुभयो ।
निवर्तमान अध्यक्ष खगेन्द्र शाही ठकुरीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ नेतृत्वले संस्थाको उद्देश्य, कला-संस्कृति संरक्षण र भाइचारालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कतारस्थित विभिन्न वैचारिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले सञ्जालले पुर्याएको मानवीय सेवा र सामाजिक एकताको प्रशंसा गर्दै शुभकामना व्यक्त:गरेका थिए ।