दोहा, कतार
वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाज, शाखा कतारले "पहिचान र समानताका लागि प्रतिबद्धता" भन्ने मूल नाराका साथ आफ्नो सातौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ।
सन् २०१० मा स्थापना भएको यस समाजले स्थापनाकालदेखि नै आफ्नो जातिको हक, हित र संरक्षणका साथै भाषा, धर्म, संस्कार-संस्कृतिको प्रवर्द्धन र विभिन्न सामाजिक कार्यहरू निरन्तर गर्दै आइरहेको छ। संस्थाले आगामी २०२६–२९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सातौँ अधिवेशन र सोही अवसरमा सांस्कृतिक कार्यक्रम २०२६ सञ्चालन गर्न लागेको हो।
संस्थाका कावा अध्यक्ष कमल विक्रम सुनुवारले जानकारी गराए अनुसार कार्यक्रम आगामी ०७ अगस्ट २०२६ (शुक्रबार) का दिन आयोजना गरिनेछ।
कार्यक्रमको विवरण:
मिति: ०७ अगस्ट २०२६ (शुक्रबार)
स्थान: वेलफेयर रेस्टुरेन्ट सभाहल, प्लाजा मल, कतार
समय: बिहानको ११:०० बजे
महासचिव गंगा बहादुर सुनुवारले दोहास्थित विभिन्न पत्रकार, सामाजिक अभियन्ता, संघ-संस्थाका प्रतिनिधि तथा सम्पूर्ण कतारवासी नेपालीहरूलाई अतिथिको रूपमा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिन हार्दिक निमन्त्रणा तथा आह्वान गरिएको जानकारी गराए ।