नेपालको चर्चित सांगीतिक ब्याण्ड 'केहार एण्ड द लुङ्गा' (Kehar & The Lunga) ले पहिलो पटक कतारको दोहामा आफ्नो सांगीतिक साझ प्रस्तुत गर्ने भएको छ। 'इफ्लिक्स इन्टरटेनमेन्ट' (Eflix Entertainment) को आयोजनामा आगामी शुक्रबार, अगस्ट ७ तारिखका दिन वि.आइ.पि. होटेलस्थित प्लानेट लाउन्ज क्लब (Planet Lounge Club) मा उक्त सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।
इभेन्ट कोअर्डिनेटर रोशन अर्यालका अनुसार कतारमा रहेका नेपाली संगीतप्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा ब्याण्डले आफ्ना चर्चित र ऊर्जावान गीतहरू मार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नेछ। कार्यक्रम स्थलमा साँझ ६:०० बजेदेखि प्रवेश खुला गरिनेछ भने मुख्य लाइभ कन्सर्ट राति ८:०० बजेदेखि १२:०० बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार कार्यक्रम स्थलमा उत्कृष्ट लाइभ म्युजिक र आकर्षक लाइटिङका साथै स्नुकर/बिलियर्ड्स (Billiards Corner) र शिशा (Shisha) को समेत व्यवस्था गरिएको छ।
यो टोलीले कतारको मञ्चमा आफ्ना चर्चित तथा दर्शकले अत्यधिक रुचाएका कहाँ छौ, सोल्टिनी, सरर सरर, लाएको माया, बैगुनी, बहाना, तिमीलाई सम्झेर २, र ‘खेरै जाने माया, जस्ता लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन् ।
अहिले टिकट बुकिङ द्रुत गतिमा भइरहेको र सिटहरू सीमित रहेकाले 'पहिलो आउनेलाई पहिलो प्राथमिकता' (First Come, First Served) का आधारमा प्रवेश गराइने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी हुनका लागि 7066 5644, 7081 7501, र 7501 7502 मा सम्पर्क गरी टिकट बुकिङ गर्न सकिनेछ।
कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्ना परिवार, साथीभाइ तथा आफन्तजनका साथ उपस्थित भई नेपाली संगीतको यो भव्य उत्सवलाई अविस्मरणीय बनाउन आयोजकले हार्दिक आह्वान गरेको छ।