दोहा, कतार। नेपाल आदिवासी जनजाति महासंघ, कतार र यसमा आवद्ध सम्पूर्ण मातृसंस्थाहरूको संयुक्त आयोजनामा ३२औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गरिने भएको छ।
भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ कतारमा स्थापित जनजाति संघ-संस्थाहरूले संयुक्त रूपमा यो दिवस मनाउन लागेका हुन्।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको मूल नारा "आदिवासी र कृत्रिम बुद्धिमत्ता (AI): अधिकारको रक्षा, भविष्यको निर्माण" (Indigenous Peoples and AI: Defending Rights, Shaping the Future) लाई आत्मसात् गर्दै कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ।
महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठका अनुसार कतारमा रहेका सम्पूर्ण नेपाली संघ–संस्थाका प्रमुख, पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजातिहरूको मौलिक झाँकी, लोक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
कार्यक्रमको विवरण:
मिति: १४ अगस्ट २०२६, शुक्रबार
समय: मध्यान्ह १२:०० बजेदेखि
स्थान: DPS Monarch International School, Al Wukair, Qatar