दोहा, कतार
कतारमा क्रियाशील प्युठानीहरूको साझा संस्था प्युठान सेवा समाज, दोहा कतारको नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सो अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दै अध्यक्ष पदमा समुन्द्र खड्कालाई सर्वसम्मत निर्वाचित गरेको छ।
सन् २००९ मा स्थापित यस समाजले स्थापनाकालदेखि नै कतारमा रहेका प्युठानीहरूलाई गोलबद्ध गर्दै विभिन्न सामाजिक, आर्थिक, नैतिक तथा भौतिक क्षेत्रमा सक्रिय र उत्कृष्ट योगदान पुर्याउँदै आइरहेको छ।
संस्थाका संरक्षक बलदेव रानाको प्रमुख आतिथ्यता तथा अध्यक्ष शिताराम सुनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा समाजका प्रमुख सल्लाहकार केशर बहादुर केसी, पुर्व संरक्षक कमल आचार्य, लिला जीसी, लगायत कतारमा स्थापित विभिन्न संघ-संस्थाका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विकास सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सकुर जस्मीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष समुन्द्र खड्काले गर्नुभएको थियो।
सो अवसरमा समाज र समुदायमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै संरक्षक केशर बहादुर केसीलाई विशेष सम्मान गरिएको थियो।
अधिवेशनको औपचारिक सत्रका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्युठानका हास्य कलाकार शंकर केसीको जोडदार कमेडी प्रस्तुतिले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएको थियो।
त्यस्तै, गायक विजय भट्टराई र गायिका रेस्मी सेन्चुरी बीचको दोहोरी घम्साघम्सीले हलको माहोललाई संगीतमय बनाएको थियो। कार्यक्रममा कलाकारहरू गुना मगर (निसु), बिरेन्द्र श्रेष्ठ र रेस्मी सेन्चुरीले आफ्ना उत्कृष्ट सांगीतिक तथा नृत्य प्रस्तुतिहरू मार्फत दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।
प्युठान सेवा समाज कतारका प्रमुख संरक्षक बलदेव रानाले कतार प्रवेशको २६ वर्षे ऐतिहासिक अनुभव साट्दै कतारमा नेपालको दूतावास (एमबेसी) समेत नभएको सुरुवाती कठिन समयमा राहदानी (पासपोर्ट) र अन्य कागजी झन्झटमा प्रवासी नेपालीहरूले झेल्नुपरेका अनेकौँ अप्ठ्यारा परिस्थितिहरू स्मरण गर्नु भयो ।
कूटनीतिक नियोगको अभावमा आपसी भाइचारा र हातेमालोको भावनाबाटै ' प्युठान सेवा समाज जस्ता सामाजिक संस्थाहरूको जन्म भएको उल्लेख गर्दै उहाँले संस्थाद्वारा आयोजित 'पहिलो लोकदोहोरी साङ्गीतिक साँझ' ले सांस्कृतिक जगेर्नामा ऐतिहासिक कोसेढुङ्गा गाडेको बताउनुभयो; साथै प्युठान जिल्लामा विभिन्न जातजातिहरू एकापसमा मिलेर बसेको सामाजिक सद्भावको चर्चा गर्दै 'प्युठान' शब्दको उत्पत्ति र ऐतिहासिक पृष्ठभूमिबारे समेत बृहत जानकारी गराएर संस्थाको यात्रामा सहयोग पुर्याउने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा उपस्थित महानुभावहरूमा हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति शिताराम सुनारले सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले प्रमुख अतिथि, अतिथिगण तथा सहभागीहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण र भव्य बनाएको बताउनुभयो !

मन्तव्यका क्रममा उहाँले कार्यक्रममा व्यक्त भएका सकारात्मक सुझाव र महत्त्वपूर्ण विचारहरूलाई आगामी दिनमा आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ निर्वाचित भएर आउने कार्यसमिती लाई बधाई सहित शुभकामना व्यक्त गर्नुभयो। आयोजक समिति तथा सहयोगी सबै पक्षलाई धन्यवाद दिँदै उहाँले सफलतापूर्वक सम्पन्न भएको औपचारिक घोषणा गर्नुभयो।
कतारमा रहेका प्युठानीहरूलाई एकै ठाउँमा जोड्दै भावी दिनमा अझ सशक्त ढंगले सामाजिक कार्यमा अघि बढ्ने प्रतिबद्धता नव अध्यक्ष खड्काले व्यक्त गर्नुभयो।
समाजको नवौँ अधिवेशन बाट निर्वाचित कार्यसमिति
अध्यक्ष: समुद्र खड्का,प्रथम उपाध्यक्ष किसान जि.सी.
द्वितीय उपाध्यक्ष: रविलाल कुँवर,तृतीय उपाध्यक्ष: रमेश के.सी.महासचिव: भोज पुन,सचिव: सकुर जास्मीकोषाध्यक्ष: हरि खत्री र सह-कोषाध्यक्ष: भोजराज जि.सी.रहेका छ्न ।
कार्यसमितीको सदस्यमा अम्बर ब. केसी,बल ब. कुँवर,लेख ब. कुँवर,भरत कार्की,अर्जुन खड्का,हरि कुँवर,लक्ष्मण मगर नाजिर मिया,रमेश जि.सी.पार्वत के.सी रहेका छ्न। बैकल्पिक सदस्यहरुमा देबिराम भन्डारी र संकर केसी रहेका छन । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजकलिला जिसिले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।