दोहा, कतार।
"तामाङ भाषा, धर्म, लिपि, भेषभूषा र संस्कार-संस्कृति जगेर्ना म्हेन्दोमायाको अभियान" भन्ने मूल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज कतारको आयोजनामा आगामी अगस्ट २१ तारिख, शुक्रबारका दिन ‘आन्तरिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम २०२६’ हुने भएको छ।
विशेष गरी नेपालको (त्रिशुली खोला वारि/पारि, गणेश हिमाल र ल्हप्सङकर्पो क्षेत्र) मा बसोबास गर्ने तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया, माने दोरा, साइकोले, स्याब्रु लगायतका मौलिक कला, संस्कार र संस्कृतिको प्रवासको भूमिबाट पनि प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमको विवरण:
मिति: २१ अगस्ट २०२६, शुक्रबार
समय: दिउँसो १२:०० बजेदेखि
स्थान: वेलफेयर रेस्टुरेन्ट प्लाजा (Welfare Restaurant Plaza, Sanaiya)
उक्त कार्यक्रममा कतारमा क्रियाशील थुप्रै स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति सहित शुभकामना आदानप्रदान कार्यक्रम रहने समाजका अध्यक्ष गुर्बा लामा तामाङले जानकारी गराए ।
म्हेन्दोमाया समाज कतारका सचिव चित्र लामा तामाङले दोहा कतारमा कार्यरत सम्पूर्ण म्हेन्दोमाया प्रेमी, तामाङ तथा गैर-तामाङ दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा तथा अपिल गरेका छन ।