दोहा :नेपाली महिला हरुको महान हरितालिका तीज पर्व नजिकिए सँगै कतारमा तीज कार्यक्रमहरूले प्राथमिकता पाउन थालेका छ्न । यसै अवसर पारेर कतारमा "तीज शुभकामना तथा चेलीबेटी भेटघाट कार्यक्रम २०२६" आयोजना हुने भएको छ ।
कोशी प्रदेश समन्वय परिषदको समन्वयमा जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आगामी २८ अगस्ट २०२६, शुक्रबारका दिन "तीज शुभकामना तथा चेलीबेटी भेटघाट कार्यक्रम आयोजना हुने भएको हो ।
कतारमा रहेका कोशी प्रदेशका आवद्ध जिल्ला
कोशी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा खोटाङ, मोरङ-सुनसरी, झापा, धनकुटा, ओखलढुंगा, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर, ताप्लेजुङ र इलाम सेवा समाजको सह-आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
कार्यक्रमको मुख्य विवरण
मिति: २८ अगस्ट २०२६, शुक्रबार
समय: बिहान ११:३० बजेदेखि
स्थान: घरुवा रेस्टुरेन्ट, फिरोज बिन अब्दुल अजिज, दोहा-कतार
स्थानीय कतारवासी कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा कतारमा क्रियाशील सम्पूर्ण संस्थापक, संरक्षक, सल्लाहकार, समाजसेवी, बुद्धिजीवी तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको महासचिव महेन्द्र उप्रेतीले बताए ।
नेपाली नारीहरूको सांस्कृतिक पहिचानसँग जोडिएको यस विशेष समारोहमा नारीहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
कोशी प्रदेश समन्वय परिषद कतारले स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरूबीच एकता र भाइचारा अभिवृद्धि गर्न विभिन्न सामाजिक तथा आर्थिक सहयोगका कार्यहरू गर्दै आएको छ। साथै, आफ्ना हक-हितका साथै मौलिक संस्कृति र चाडबाडहरूलाई संयुक्त रूपमा मनाउँदै नेपाली पहिचानलाई प्रवर्द्धन गर्न संस्था निरन्तर क्रियाशील रहँदै आएको छ।
कुनै कारणवश औपचारिक पत्र प्राप्त नभएको भए पनि यसै समाचारलाई निमन्त्रणाको आधार मानी कतारवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थिति भई कार्यक्रमको शोभा बढाइदिनुहुन अध्यक्ष रुद्र शर्मा आचार्यले हार्दिक अपिल गर्नुभएको छ।