दोहा, कतार
"सबल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली" र "रक्तदान, जीवन दान" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, कतार (ONF Qatar) ले आगामी ९ अक्टोबर २०२६ मा 'बृहत् रक्तदान कार्यक्रम-२०२६' आयोजना गर्ने भएको छ।
नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। सन् २००४ मा स्थापना भएको मञ्चले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी मानवीय सेवाको उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष अफसर अलि खानले बताए ।
ब्लड बैंकमा रगतको मौज्दात बढाउन र आवश्यक पर्ने बिरामीहरूको जीवन रक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले यो पहल गरिएको हो। आफ्नो एक युनिट रगतले कसैको जीवन बचाउन सक्ने भएकाले कतारमा रहेका सम्पूर्ण मनकारी नेपालीहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न मञ्चका अध्यक्ष अफसर अलि र सचिव रघुनाथ शर्माले हार्दिक अपिल गरेका छन्।
कार्यक्रमको सङ्क्षिप्त विवरण:
आयोजक: प्रवासी नेपाली मञ्च, कतार
सहकार्य: नेपाली रक्तदाता संघ, कतार
मिति: ९ अक्टोबर २०२६ (शुक्रबार)
समय: बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
स्थान: हमाद हस्पिटल ब्लड डोनेसन सेन्टर, दोहा